२०८३ बैशाख १५ गते मङ्गलवार

तुलसीपुरमा सुरेश हमालको जित निश्चित, बिनिल केसीपनि जित नजिक

तुलसीपुर, असोज १० । नेपाली काँग्रेसको १४औं महाधिबेशन अन्तरगत ५०० मत गणना गर्दा नगर सभापति पदका उम्मेदवार सुरेश हमालको टिमले अग्रता बढाउँदै लगेको छ ।

सभापतिमा हमालले ३०९ र प्रतिपर्धी अनिल कार्कीले जम्मा १७६ मत मात्रै प्राप्त गरेका छन् । हमाल र कार्की बीचको मतान्तर १३३ रहेको छ । जबकी अब मत गणना ९१ मत मात्रै बाँकी छ । यो परिनामले सुरेश हमालको बिजय सुनिश्चित गरेको छ ।

उपसभापतिमा हमाल टिमका बिनिल केसीले ३०६ मत प्राप्त गरेका छन् । उपसभापतिमा हमाल टिमका पिमलाल डाँगीको २१२ मत प्राप्त गरेका छन् ।

उनीहरुका प्रतिपर्धी कार्की टिमका उपसभापतिहरुले ५०० मत गणना गर्दा गौरब सुबेदीले २४६ र अशोककुमार श्रेष्ठको १५६ मत प्राप्त गरेका छन् ।

त्यस्तै सचिब तर्फ हमाल टिमका सुशील वलीले २३२ र बिमल पौडेलले २८१ मत प्राप्त गरेका छन् । कार्की टिमका सचिव पदका उम्मेदवारहरु भोजराज न्यौंपानेको १८४, परशुराम चौधरीको १४८ मत प्राप्त गरेका छन् । सचिब पदकै स्वतन्त्र उम्मेदवार तिलकबहादुर बस्नेतको ५७ मत प्राप्त भएको छ ।

त्यस्तै हमाल टिमका सहसचिब पदका उम्मेदवार झनकबहादुर बस्नेतले २७७ र शेषमणि भण्डारीले २९६ मत प्राप्त गरेका छन् ।

सहसचिब पदमा कार्की टिमका अशोक भण्डारीले १८० र तिलसरा वलीले १५४ मत प्राप्त गरेका छन् ।

मतगणना अझैं जारी छ । तुलसीपुरमा कुल ५९३ मतदाता रहेकोमा ५९१ मत खसेको थियो ।

प्रकाशित मिति : २०७८ असोज १० गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *