तुलसीपुर, असोज १० । नेपाली काँग्रेसको १४औं महाधिबेशन अन्तरगत ४५० मत गणना गर्दा नगर सभापति पदका उम्मेदवार सुरेश हमालको टिमले अग्रता बढाउँदै लगेको छ ।
सभापतिमा हमालले २८३ र प्रतिपर्धी अनिल कार्कीले जम्मा १५३ मत मात्रै प्राप्त गरेका छन् । उपसभापतिमा हमाल टिमका बिनिल केसीले २७७ मत प्राप्त गरेका छन् । उपसभापतिमा हमाल टिमका पिमलाल डाँगीको १९६ मत प्राप्त गरेका छन् ।
उनीहरुका प्रतिपर्धी कार्की टिमका उपसभापतिहरुले ४५० मत गणना गर्दा गौरब सुबेदीले २०५ र अशोककुमार श्रेष्ठको १४० मत प्राप्त गरेका छन् ।
त्यस्तै सचिब तर्फ हमाल टिमका सुशील वलीले २१४ र बिमल पौडेलले २५० मत प्राप्त गरेका छन् । कार्की टिमका सचिव पदका उम्मेदवारहरु भोजराज न्यौंपानेको १५८, परशुराम चौधरीको १२९ मत प्राप्त गरेका छन् । सचिब पदकै स्वतन्त्र उम्मेदवार तिलकबहादुर बस्नेतको ५४ मत प्राप्त भएको छ ।
त्यस्तै हमाल टिमका सहसचिब पदका उम्मेदवार झनकबहादुर बस्नेतले १५८ र शेषमणि भण्डारीले २६८ मत प्राप्त गरेका छन् ।
सहसचिब पदमा कार्की टिमका अशोक भण्डारीले १५७ र तिलसरा वलीले १३५मत प्राप्त गरेका छन् ।
मतगणना अझैं जारी छ । तुलसीपुरमा कुल ५९३ मतदाता रहेकोमा ५९१ मत खसेको थियो ।
