तुलसीपुर, असोज १० । नेपाली काँग्रेसको १४औं महाधिबेशन अन्तरगत तीनसय मत गणना गर्दा नगर सभापति पदका उम्मेदवार सुरेश हमालको टिमले अग्रता बढाउँदै लगेको छ ।
सभापतिमा हमालले १९४ र प्रतिपर्धी अनिल कार्कीले जम्मा ९८ मत मात्रै प्राप्त गरेका छन् । उपसभापतिमा हमाल टिमका बिनिल केसीले १९१ मत प्राप्त गरेका छन् । उपसभापतिमा हमाल टिमका पिमलाल डाँगीको १२९ मत प्राप्त गरेका छन् ।
उनीहरुका प्रतिपर्धी कार्की टिमका उपसभापतिहरुले ३०० मत गणना गर्दा गौरब सुबेदीले १३३ र अशोककुमार श्रेष्ठको ९२ मत प्राप्त गरेका छन् ।
त्यस्तै सचिब तर्फ हमाल टिमका सुशील वलीले १४२ र बिमल पौडेलले १७२ मत प्राप्त गरेका छन् । कार्की टिमका सचिव पदका उम्मेदवारहरु भोजराज न्यौंपानेको १०१,परशुराम चौधरीको ९० मत प्राप्त गरेका छन् । सचिब पदकै स्वतन्त्र उम्मेदवार तिलकबहादुर बस्नेतको ३४ मत प्राप्त भएको छ ।
त्यस्तै हमाल टिमका सहसचिब पदका उम्मेदवार झनकबहादुर बस्नेतले १६७ र शेषमणि भण्डारीले १८६ मत प्राप्त गरेका छन् ।
सहसचिब पदमा कार्की टिमका अशोक भण्डारीले १०४ र तिलसरा वलीले ८९ मत प्राप्त गरेका छन् । मतगणना अझैं जारी छ । तुलसीपुरमा कुल ५९३ मतदाता रहेकोमा ५९१ मत खसेको थियो ।
