२०८२ माघ २ गते शुक्रवार

जनताले संरक्षण गरेको वन जनताले उपभोग गर्न पाउनुपर्ने

तुलसीपुर, असोज ९ । परम्परा देखि संरक्षण गर्दै आएको सामुदायिक वनलाई उपयोग गर्न पाउनुपर्ने माग सहभागीहरुले गरेका छन् ।

आफ्नो अधिकारका लागि सामुदायिक वनका उपभोक्ताहरु सडकमा आउनुपर्ने बेला आएको सहभागी वन अभियानकर्मीहरुले बताए ।

दाङको तुलसीपुरमा सुरु भएको वन अधिकार सम्मेलन तथा छैठौ राष्ट्रिय बैठकलाई सम्बोधन गर्दै उनीहरुले संघिय सरकारले बिभिन्न बाहनामा जनताबाट वन खोस्न लागेको बताए ।

कार्यक्रममा नेपाल नगरपालिका संघका अध्यक्ष अशोक बेञ्जुले प्राकृतिक स्रोतको प्रयोग विना देश समृद्ध हुन नसक्ने भन्दै वन मार्फत समृद्धिको आधार तयार गर्ने पर्ने बताए ।

उनले वनमा काम नलाग्ने काठहरुलाई बजारमा ल्याउनु पर्ने भन्दै आफुले रोपेका रुखहरु आफैले उपयोग गर्न पाउनुपर्ने बताए ।

‘तीन तहको सरकारले वनलाई आयआर्जनको माध्यम बनाउपर्छ उनले भने । सरकारले मान्छे भन्दा बाघलाई महत्व दिएर वन संरक्षीतका नाममा उपभोक्ताबाट वन खोस्न थालेको भन्दै यसका विरुद्धमा सबै लाग्नुपर्ने बताए ।

कार्यक्रममा बोल्दै सामुदायि वन महासंघका सल्लाहकार घनश्याम पाण्डेले वनलाई उद्यम सिलतासंग जोडर्नु पर्ने भन्दै उपभोक्ताले संरक्षण गरेको बनलाई उपभोक्ताहरुले प्रयोग गर्न नपाउने अवस्था आएको बताए ।

उनले विभिन्न बहानामा सामुदायिक वनलाई राष्ट्रिय करण गर्ने काम भएको बताए । ‘जनताले संरक्षण गरेका वन जनताले प्रयोग गर्न पाउनुपर्छ संघियता आएपनि वनमा भने त्यो संघियता आउन सकेको छैन् –पाण्डेले भने । ’

सामुदायिक वन उभपोक्ता महासंघका अध्यक्ष भारती पाठकले जनताले संरक्षण गरेको वन जनतालेनै उपयोग र उनीहरुको अधिकार हुनुपर्ने बताइन् ।

उनले जुनै पार्टीको सरकार आएपनि पहिलो प्रहार वनमा हुने गरेका बताइन् । ‘बनका मालिक जनता हुन यो गरिबी जनतामाथिको प्रहार हो उनले भनिन् । पाठकले आरक्ष, ताल, मध्यवर्ती, निकुञ्ज , संरक्षीत क्षेत्र घोषणा गरेर मान्छेलाई केही फाईदा भएको छ उनले भनिन् ।

पारिवारीक निजी वन संघका केन्द्रिय अध्यक्ष जोगराज गिरीले वनबाट हरित रोजगारी र्सिजना गर्नुपर्ने भन्दै सरकार उपभोक्ताको मर्म विवरीत गएको बताए । उनले सरकार वनका सवालमा प्रतिगमन तिर गएको बताए । ‘जनताले पालेको वन जनताले संरक्षण र उपयोग गर्न पाउनुपर्छ सरकारले सेनालाई जिम्मा दिएर वनमा सैनिकीकरण गर्न खोजेको छ–गिरीले भने ।

कार्यक्रममा नेपाली काँग्रेस दाङका जिल्ला सभापति किर्तिबहादुर खड्काले देशको जंगल बचाउने हाम्रो काम भएको बताए । सामुदायिक वन भित्र धेरै विकृति भएको भन्दै जनताले मागेको अधिकार सरकारले दिनुपर्ने र त्यसको निगरानी पनि सरकारले गर्नुपर्ने बताए ।

‘हाम्रो नीति स्पष्ट भएन वनलाई राम्रो हरिया हाम्रा नीति, कृयाकलापमा पनि राम्रो हुनुपर्छ उनले भने । नेकपा एमाले दाङका अध्यक्ष टिकाराम खड्काले आफ्ना अधिकारका लागि उपभोक्ताहरु सडकमा जाने बेला भएको बताए । उनले सयौ बषदेखि सुकेर ढलेका रुखरु उठाउन नपाएको बताए ।

कार्यक्रममा बबई गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेल, कपुरकोट गाउँपालिका अध्यक्ष भिमबहादुर सेन, वन महासंघका उपाध्यक्ष भिम प्रसाद खड्का, वन महासंघ नेपालका न्यायीक समिति सदस्य सावीत्रा विश्वकर्मा, दोर्ण केसी, लगाएतले बोलेका थिए ।

स्थानीय वन महासंघका अध्यक्ष चन्द्रबहादुर वलीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन जिल्ला वन महास.घका कोषाध्यक्ष कमलराज पोख्रेलले गरेका थिए ।

प्रकाशित मिति : २०७८ असोज ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *