२०८२ माघ २ गते शुक्रवार

मेरो नाम जोडेर कसैलाई समर्थन गर्यो भन्नु भ्रम सृजना गर्ने खेल मात्रै हो – मन्त्री चौधरी

तुलसीपुर, असोज ८ । नेपाली काँग्रेसका नेता तथा लुम्बिनी प्रदेशका ग्रामिण तथा सहरी बिकाश मन्त्री डिल्लीबहादुर चौधरीले पार्टीको पालिकास्तरिय निर्वाचनमा आँफू तठस्त रहेको बताएका छन् ।

नेपाली काँग्रेसको १४औं महाधिबेशन अन्तरगत शनिवार हुन गइरहेको नगर, उपमहानगर, महानगर र गाउँपालिका स्तरिय निर्वाचनको लागि आँफूलाई कसैको पक्ष वा बिपक्षमा समर्थन गरेको भनेर नाम जोड्नु भ्रम सृजना गर्ने खेल मात्रै भएको मन्त्री चौधरीले बताए ।

‘मेरो नाम जोडेर कसैले उस्लाई समर्थन ग¥यो भन्नु सही हैन,’ चौधरीले भने ‘ मैले त बरु सहमति गरेर सर्वसम्मत रुपमा नेतृत्व चुन्नु पर्छ भन्ने कुरा मात्रै गरेको हुँ ।’

निर्वाचनमा सहभागि सबै काँग्रेसकै उम्मेदवार रहेको हुँदा जस्ले जितेपनि काँग्रेसकै जित हुने भएको भन्दै मन्त्री चौधरीले आँफू कसैको पक्ष वा बिपक्षमा नरहेको स्पष्ट पारे ।

‘यो पार्टी भित्रकै आन्तरिक लोकतन्त्र मजबुत पार्ने अभ्यास मात्रै हो,’ चौधरीले भने ‘त्यसैले यो निर्वाचनमा मलाई कुनैपनि उम्मेदवारको पक्ष र बिपक्षमा जोडेर प्रचार गरिनु गलत हो ।’
उनले बिपक्षी दलहरुसंग भिड्ने समयमा मात्रै आँफूले काँग्रेसको उम्मेदवार जिताउन खुलेरै वकालत गर्ने बताए ।

मन्त्री चौधरीले आँफूले कसैलाई पनि समर्थन गर्ने भनेर हालसम्म कतै नबोलेको र नबोल्ने कुरापनि स्पष्ट पारे ।

गत प्रदेश सभा निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट निर्वाचित हुने चौधरी एक्ला नेता हुन । उनी दाङको निर्वाचन क्षेत्र नं. ३ (क) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।

उनको लोकप्रियताकै कारण तुलसीपुर उपमहानगरपालिकाको नगर सभापति लगाएत अन्य गाउँपालिकाका उम्मेदवारहरु मध्य कतिपयले आँफू र आफ्नो पक्षधर उम्मेदवारलाई चौधरीको समर्थन रहेको भन्दै समाजिक सञ्जालमा स्ट्याटसहरु लेखेपछि चौधरीले आँफू तठस्त रहेको स्पष्ट पारेका हुन ।

प्रकाशित मिति : २०७८ असोज ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *