२०८१ बैशाख १९ गते बुधवार

काँग्रेस महाधिबेशन : तुलसीपुरमा कार्की नेतृत्वको टिममा पदाधिकारीको टुंगो लाग्यो


तुलसीपुर, असोज ७ । नेपाली काँग्रेसको १४औं महाधिबेशन अन्तरगत असोज ९ गते हुने निर्वाचनका लागि तुलसीपुर उपमहानगरपालिकामा अनिल कार्की नेतृत्वको टिमका पदाधिकारीको टुँगो लागेको छ ।

बिहीबार कार्की नेतृत्वको टिममा रहने पदाधिकारीहरु सार्वजनिक गरिएका हुन । जसमा अनिल कार्की नगर सभापति, अशोक श्रेष्ठ र गौरब सुबेदी उपसभापति, भोजराज न्यौंपाने र परशुराम चौधरी सचिब र अशोक भण्डारी र तिलशरी वली नगर सहसचिव पदमा उम्मेदवार रहेका छन् ।

पार्टी भित्र संस्थापन पक्षधर कार्की नेतृत्वको टिमलाई पूर्व माननिय गेहेन्द्र गिरी लगाएतका नेता कार्यकर्ताको साथ समर्थन रहेको छ । नगर सभापति कार्कीले आफ्नो टिममा गाउँ शहर जात जाति सबैलाई समेटर समाबेशी टिम निर्माण भएको बताए ।

‘ हाम्रो टिमका पदाधिकारी उम्मेदवारहरु सबै सबल र सक्षम हुनुहुन्छ,’ कार्कीले भने ‘हामी जहिलै पार्टी र संगठनको हितमा रहेर काम गरेकाहरु हौं । आशा छ सबैले हामीलाई मतदान गरि बिजयी गराउनु हुने छ ।’
ठाउँ÷ ठाउँमा पुगेर मतदाता भेट्दा आँफूहरु निकै उत्साहित भएको र आफ्नो पक्षमा जबरजस्त माहोल निर्माण भएको कार्कीले दाबी गरे ।

तुलसीपुरमा संस्थापन इतर पक्षबाट नगरसभापतिमा सुरेश हमाल नेतृत्वको अर्कौ छुट्टै टिम चुनाबी प्रतिपर्धामा रहेको छ । दुबै टिमले आ–आफ्नो जित सुनिश्चित रहेको दाबीका साथ चुनाबी प्रचार प्रशारलाई तीब्रता दिदै आएका छन् ।
असोज ९ गते हुने काँग्रेसको महाधिबेशन अन्तरगत तुलसीपुरका १९ वडाका झन्डै ६ सय मतदाताले यी दूई टिमको जितको छिनोफानो गर्ने भएका छन् ।

प्रकाशित मिति : २०७८ असोज ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *