
दाङ, असोज ७ । नेपाली कांग्रेसको यही असोज ९ गते हुन गइरहेको १४ औं महाधिबेशन अन्तरगत नगर र गाउँपालिकाको निर्वाचनमा भर्भराउँदो उमेरका एक जना २० बर्षीय युवकले नगर उपसभापति पदमा भिड्न लागेका छन् ।
उनी काँग्रेसबाट उम्मेदवारी दिने जिल्लाकै कान्छो उम्मेदवार हुन । हमाल शारदा नगरपालिकाको नेबिसंघ सभापतिपनि हुन । ‘ काँग्रेस भित्र बुढा पाका मात्रै छन् भन्नेहरुका बिरुद्ध मेरो उम्मेदवारी हो,’ हमालले फरककोणलाई भने ‘ अग्रजलाई सम्मान गर्दै अब जोशले भरिएका युवाहरु राजनीतिमा आउनु पर्छ भन्ने मेरो मान्नेता हो ।’
आफूले चुनाब जित्नेमा निकै आशाबादी सुनिएका हमालले जितपछि अग्रजको सरसल्लाह अनुसार अगाडि बढ्ने र नगरमा काँग्रेसलाई चलायमान बनाउने अठोट ब्यक्त गरे ।
‘म नेबिसंघको नगरसभापति पनि रहेको यहाँका प्रत्येक विद्यालय र क्याम्पसहरुमा संठगन बिस्तार गरेको छु,’ उनले भने ‘संगठनमा मेरो सक्रिया र पार्टी भित्रको मेरो मेहनत देखेर अग्रज सबैले मलाई उपसभातिको उम्मेदावरी दिन हौस्याउनु भएको हो ।’
पार्टी भित्रको संस्थापन पक्ष पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट हिमेन्द्र बाबु सेजवालको टिमबाट हमालले उपसभापतिमा उम्मेदवारी दिएर निर्वाचन प्रचार प्रशार गरिरहेका छन् । यो टिमबाट अर्का उपसभापतिमा तेजबहादुर थापा मैदानमा उत्रिएका छन् । हमालको टिमलाई सल्यामा नेता राजेन्द्रबहादुर शाह लगाएतका नेताहरुको साथ समर्थन रहेको छ ।
त्यस्तै नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलको तर्फबाट नगर सभापतिमा दीपक हमालको टिमले प्रतिपर्धा गर्न लागेको छ । उनका प्रतिपर्धीहरुमा लोकबहादुर भण्डारी, शारदा नगरपालिकाको कार्यपालिका सदस्य अम्बिका बोहोरापनि यही टिमबाट उपसभापति पदमा प्रतिपर्धा गर्दै छन् ।
यो टिमलाई केन्द्रमा पार्टी भित्र संस्थापन पक्षधर मानिएपनि नेता धुर्ब पुरी लगाएतका नेताहरुको साथ समर्थन रहेको छ ।
हमालले उपसभापति पदमा प्रतिपर्धा गर्न थालेका ब्यक्तिहरु मध्य कतिपय बाबु समान उमेरका छन् ।