२०८२ चैत्र १ गते आइतवार

म गाउँ घरमा पुगेर मतदाताको मन जितिरहेको छु – अनिल कार्की

तुलसीपुर, असोज ५ । तुलसीपुर उपमहानगरपालिकाको एकजना सभापति पदका उम्मेदवार अनिल कार्कीले आँफू निरन्तर प्रचार प्रशारमा सक्रिय रहँदै आएको बताएका छन् ।

मंगलबार फरककोणसंग कार्कीले तुलसीपुर भन्दापनि अहिले आँफू गाउँ घरमा पुगेर मतदाताको मन जित्न प्रयासरत रहेको बताए । ‘म कतिपय ठाउँमा मोटरसाइकलबाट एक्लैपनि पुग्ने गर्छु,’ उनले भने ‘म काँग्रेसको आदर्श अनुरुप मतदाता समक्ष प्रस्तुत भइ रहेको छु ।’

उनले आँफू अनबरत रुपमा इमान्दारी पूर्वक कहिलै यता उता नगरी संगठन र पार्टीका लागि खट्दै आएको हुँदा यसपटक त्यसको मूल्याङकन मतदाताले गर्ने विश्वास ब्यक्त गरे । पार्टी भित्र संस्थापन पक्षधर मानिने कार्की राप्ती बबई क्याम्पस तुलसीपुरका स्ववियु सभापति हुन ।

युवा माझ लोकप्रिय छबि बनाएका कार्की अहिले सम्म आँफू कुनैपनि कुरामा बिबादरहित र निश्कलंक रहेको हुँदा त्यसको पनि मतदाताले मूल्याङकन गर्ने आशा ब्यक्त गरे ।

यसैबीच कार्की र उन नेतृत्वका उम्मेदवारहरुको पक्षमा माहोल खडा गर्न तथा प्रचार प्रशारमा सहजता होस भनेर तुलसीपुरस्थित पुरानो कृषि विकाश बैंक बसेको घरमा सम्पर्क कार्यालय खोलिएको छ ।

कार्कीको समुहबाट नगरउपसभापतिमा गौरब सुबेदी, अशोककुमार श्रेष्ठ, सचिवमा डिभाइन टेम्पल बोर्डिङका संस्थापक प्रिन्सिपल भोजराज न्यौपाने लगाएतका ब्यक्तिहरु उम्मेदवार बनाइएका छन् । मंगल बेलुकासम्म सबै पदाधिकारीहरुको नामको टुँगो लाग्ने स्रोतले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७८ असोज ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *