
तुलसीपुर, असोज ४ । सुरेश हमालले आँफू र आफ्नो टिमले तुलसीपुर उपमहानगरपालिकाको नगर सभापतिमा निर्वाचित भएपछि नगरका १९ वटै वडामा नेपाली काँग्रेसको सचिवालय खोल्ने बताएका छन् ।
नेपाली काँग्रेसको १४औं महाधिबेशन अन्तरगत असोज ९ गतेका दिन तोकिएको नगर अधिबेशनमा एउटा टिमको नेतृत्व गर्दै सभापतिमा उम्मेदवारी दिएका हमालले आपसमा सहयोग संकलन गरि नगरका १९ वटै वडाहरुमा पार्टीका आफ्नै सम्पर्क कार्यालय स्थापना गर्ने बताएका हुन ।
‘काँग्रेस जत्तिकै ऐतिहासिक पार्टीको अहिले सम्म झोलामा वडाका सम्पर्क कार्यालय राखिनु उचित हैन,’ हमालले भने ‘ म र मेरो टिमले जिते भबिस्यमा आपसमा सहयोग जुटाएर भएपनि हरेक वडामा पार्टीको आफ्नै सचिवालयहरु स्थापना गर्ने छौं।’
त्यस्तै हमालले आँफू र आफ्नो टिमलाई बिजयी बनाए नेपाली काँग्रेसका १९ वटै वडाहरुलाई तुलसीपुर बजारका वडाहरु संग कैंचीको रुपमा काट्ने नभइ पूलको रुपमा जोड्ने सेतु बन्न चाहेको बताए ।
‘म र मेरो टिमले धेरैलाई सुख दुःखमा साथ सहयोग गरेको छौं,’ हमालले भने ‘आशा छ त्यही समाज सेवाको प्रतिफल मलाई मतदाताहरुले अब दिनु हुने छ ।’
सभापति पदका उम्मेदवार हमालले आँफू पार्टी भित्र जहिलै सहमतिको पक्षधर रहेको बताए । भने ‘यदी मेरो कारणले मात्रै निर्वाचन हुने अवस्था सृजना भयो भने सबै भन्दा पहिला यो निर्वाचनको रेसबाट म बाहीरिन तयार छु । त्यतिबेला सबै भन्दा पहिले मैले नै हस्ताक्षर गर्ने छु ।’
उनले पार्टीको आन्तरिक जीवनमा हुने निर्वाचनमा जस्ले जितेपनि लोकतन्त्रकै जित हुने हुँदा निर्वाचनलाई सहज र सरल बनाउनु पर्ने बताए ।