२०८२ माघ १० गते शनिवार

के काँग्रेस भित्र तुलसीपुर क्षेत्रमा तेस्रो धारको संभावना छ ?

बुद्धिराम भण्डारी, डिल्लीबहादुर चौधरी र कीर्तिबहादुर खड्काले के भन्छन् ?

तुलसीपुर, असोज २ । नेपाली काँग्रेसको १४औं महाधिबेशन अन्तरगत जति जति नगर अधिबेशन नजिक आउँदै छ, उति उति बिभिन्न नयाँ चर्चा परिर्चा सुन्नमा आउन थालेका छन् ।

यो धार निर्माण गर्नको लागि भदौ अन्तिम सातामा संविधानसभाका सदस्य बुद्धिराम भण्डारी, जिल्ला पार्टी सभापति कीर्तिबहादुर खड्का र लुम्बिनी प्रदेशसभा सदस्य तथा ग्रामिण तथा सहरी बिकाश मन्त्री डिल्लीबहादुर चौधरीका बीचमा छुट्टै छलफल पनि भएको हल्ला ब्याप्त छ ।

त्यसकारण पनि यतिखेर तुलसीपुरमा ‘तेस्रो धार’ निर्माण हुँदै छ भन्ने चर्चा ब्यापक बनाउन खोजिदै छ ।
काँग्रेस भित्र खुसु खुसु भित्र भित्रै भुसको आगो जस्तै फैलिरहेको यो कुरा खासमा के हो ? ब्याप्त तेस्रो धारको चर्चा बारे त्यसको नेतृत्व गर्न खोजेका नेताहरु संगै फरककोणले सोधि खोजी गरेको छ । त्यसमा छुट्टै धार निर्माण गर्न खोजी रहेका मध्य केही नेताहरुले घुमाउरो पारामा त्यसलाई स्वीकार गरे ।

संविधानसभा सदस्य बुद्धिराम भण्डारीले भने ‘म अहिले काँग्रेस बचाउने अभियानमा छु र म पार्टी भित्रको चरम गुटबन्दी अन्त्य गरि एउटै धार बनाउने अभियानमा छु।’

उनले साबिक निर्वाचन क्षेत्र नं. ४ र ५ नम्बर मिलेर अहिले बनेको क्षेत्र नं. ३ मध्य साबिक ५ मा चरण राजनीतिक गुटबन्दी रहेको तर्क गरे । स्थानीय तह, प्रदेश र संघीय निर्वाचनमा काँग्रेस पराजित हुनुको प्रमुख कारण त्यही चरम राजनीतिक गुटबन्दीका कारणले गर्दा भएको भन्दै काँग्रेस नेता भण्डारीले पार्टी भित्रको घात, अन्तर घात र मनमुटाव अन्त्यगर्न आँफूले चाहेको धारणा राखे ।

बुद्धिराम भण्डारी

‘काँग्रेसमा फेरि त्यस्तै परिनाम नआवस भनेर अहिले बुद्धिराम भण्डारी काँग्रेस बचाउने अभियानमा लागेको छ,’ भण्डारीले भने ‘म निर्वाचन क्षेत्र नं. ३ मा काँग्रेसको एउटै र सशक्त धार निर्माण गर्ने अभियानमा लागेको छु ।’

यदी आँफूले चाहे जस्तो एउटै काँग्रेस बनाउने अभियान सफल नभए बिकल्पको रुपमा तेस्रो धार निर्माण गर्न सकिने उनले स्पष्ट पारे । के तपाँईहरुको तर्फबाट नगरमा पनि छुट्टै उम्मेदवारपनि खडा हुन्छन् ? भन्ने प्रश्नमा – नेता भण्डारीले आँफूले त्यो नचाहेको र अप्ठेरो पर्दा जहिले बिकल्प भने खुल्ला रहने बताए ।

उनले लामो समयसम्म पनि कुनै पत्रकार र मिडियाले आँँफूलाई नखोजेको भन्दै असन्तुष्टि जनाए ।‘म तुलसीपुरमै छु तर, मिडियाले मलाई कहिलै खोजेननन्,’ भण्डारीले भने ‘ यहाँ त मिडियामा गिरीका दूई दाजुको मात्रै चर्चा भइरहन्छ ।’

बुद्धिरामले संविधानसभाको निर्वाचनमा नेकपा एमालेका नेता तथा लुम्बिनी प्रदेशका यसअघिका मुख्य मन्त्री शंकर पोखरेललाई साबिक क्षेत्र नं. ४ बाट हराएका थिए । तर, गत प्रदेश सभाको निर्वाचनमा भने भण्डारीलाई शंकर कै चेला मानिने उत्तरकुमार वलीले निर्वाचन क्षेत्र नं. ३ (ख) बाट पराजित गरेका थिए ।

पछिल्लो समय नेपाली काँग्रेसको १४औं ममाधिबेशन अन्तरगत भदौ २१ गते भएको निर्वाचनमा दाङ जिल्लामै सबैभन्दा धेरै क्रियासिल सदस्यता रहेको तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ मा भण्डारीको लाइनले तीन वडा क्षेत्रीय प्रतिनिधि बाहेक सबैमा जित हासिल गरेपछि फेरि उनी हौसिएको देखिन्छ ।

तेस्रो धार निर्माण गर्न खोजेका अर्का नेताका रुपमा दाङको निर्वाचन क्षेत्र नं. ३ (क) बाट निर्वाचित काँग्रेसका एक्ला प्रदेश सभा सदस्य तथा लुम्बिनीका ग्रामिण तथा सहरी बिकाश मन्त्री डिल्लीबहादुर चौधरीपनि हुन । उनले पनि त्यो कुरा नकार्न भने सकेनन् । उनले नयाँ धार निर्माण हुन सक्ने बताए । ‘बुद्धिरामजी, म, कमानसिंह दाइ लगाएत सबै त छन् हामी संग,’ उनले थपे ‘पार्टी सभापति कीर्तिबहादुर खड्काले पनि भन्न त हामी संगै आउने भन्नु भएको छ, तर उहाँले के गर्नु हुन्छ अझैं निश्चित छैन।’

डिल्लीबहादुर चौधरी

मन्त्री चौधरीले पहिला नगर लगाएत अन्य सबै नेतृत्व सर्वसम्मत रुपमा चयन गरिनु पर्छ भन्ने अडानमा रहेको बताए । ‘धेरै ठाउँबाट हामीलाई युवाहरुको दबाब छ,’ चौधरीले भने ‘गिरीका दूई दाजु भाइ बीचको गुटगत लडाइले पार्टी बर्बाद भो भन्ने छ ।’

आँफूको रोडम्याप सबै नेताहरु दीपक गिरी, गेहेन्द्र गिरी, शंकर गिरी, केशव आचार्य, कमानसिंहअ डाँगी, कीर्तिबहादुर खड्का लगाएत महाधिबेशनमा आउने ११ जना सबै संभावित नेताहरुलाई एक ठाउँमा राखेर छलफल गरि सकभर सर्वसम्मत गराउन कसरत हुने मन्त्री चौधरीले बताए ।

‘सकभर सर्वसम्मत गराउने र दाङबाट केन्द्रलाई एउटा नयाँ म्यासेज दिने भन्ने हाम्रो प्रयत्न रहने छ,’ चौधरीले भने ‘ काँग्रेसको एकता देखाम र काँग्रेस भित्र आपसी त्याग, सम्मान र एकताकोको नमुना देखाम भन्ने हो ।’

उनले आँफू ४ गते तुलसीपुर आउने र दोस्रो चरणको छलफल पछि नगरमा छुट्टै उम्मेदवारी दिने वा नदिने भन्ने टुँगो लाग्ने जानकारी दिए ।

के अहिले नै अलग धार जन्माउन कल्पना गरे जस्तो सहज छ ?

नेपाली काँग्रेस दाङका सभापति कीर्तिबहादुर खड्काले तेस्रो धारको संभावना नरहेको र त्यो संभवपनि नहुने धारणा राखे ।
‘मलाई जिल्ला पार्टी सभापतिको नाताले उहाँहरुले एक दिन सहमतिबारे कुरा गर्नु छ भनेर बोलाउनु भयो र छुट्टै धारको कुरा गरेपछि मैले त्यो हुँदैन र संभवपनि छैन भनेर निश्किएको हुँ,’ खड्काले भने ‘आज काँग्रेस दाङले खुमबहादुर खड्का जस्ता सुख दुखमा साथदिने अभिभावक खोजेको हो कुनै थप नयाँ धार बनाउन आवश्यक छैन र त्यो बन्न संभवपनि छैन ।’

कीर्तिबहादुर खड्का

काँग्रेस भित्र इमान्दार, अनुशासित, संगठनमा प्रतिबद्ध नेता कार्यकर्ता आवश्यकता रहेको सभापति खड्काले बताए ।उनले पछिल्लो समय अलि बेसी धनबाद र डनबादको प्रभाव पर्न थालेको भन्दै उनले चिन्ता जाहेर गरे ।

इमान्दार कार्यकर्ता भन्दापनि नेताहरुले गाडी, घोडा हुने तथा धन पैंशाहरुलाई आफ्नो संझिने प्रबृति काँग्रेसको नीति अनुरुप नभएको खड्काले बताए ।

पश्चिम दाङबाट प्रतिनिधित्व गर्ने नेपाली काँग्रेसका युवा नेता दिलिप बस्नेतले अहिले पनि दाङमा सबै नेताले खुमबहादुर खड्काको नाम भजाएर राजनीति गर्दै आएको भन्दै अब त्यसमा जति सुकै धार जन्माउन खोजेपनि तुक नहुने तर्क गरे । ‘केन्द्रमा के कृष्णप्रशाद रिटौलाले छुट्टै धार जन्माउन खोजेको हैन र ? खै आज कहाँ छ सिटौलाको धार,’ बस्नेतले भने ‘कसैले रहर गरेर केही समयको लागि आत्मतुष्टिका लागि रमाउन पाउँछ,तर, आफ्नो मात्रै स्वार्थ हेर्न नेताबाट छुट्टै स्थायी धार निर्माण संभव छैन ।’

उनले टिम बनाउनका लागि निकै नेता कार्यकर्ताले त्याग र आहुति दिनुपर्ने हुँदा त्यो संभावना नरहेको तर्क गरे । कसैको डाहा गरेर, कसैलाई राजनीतिमा कत्लेयाम पार्छु भन्ने सोचले वा इगो पाल्नेहरुले कहिलै नेता बन्न नसक्ने उनले जिकिर गरे । नेता बन्न खुल्ला र बिशाल हृदय चाहिने बस्नेतले बताए ।

प्रकाशित मिति : २०७८ असोज २ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *