२०८१ असोज २९ गते मङ्गलवार

सुरामणि दाङका र मेटमणि लुम्बिनी प्रदेशका अध्यक्ष

दाङ, असोज १ । नेकपा एकीकृत समाजवादीको जिल्ला अध्यक्षमा सुरामणि बेलबासे चयन भएका छन् ।
त्यस्तै लुम्बिनी प्रदेशको अध्यक्षमा मेटमणि चौधरी चयन भएका छन् । बेलबासे यसअघि एमाले दाङको सचिवालय सदस्य थिए । दाङको निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य चौधरी एमाले दाङको जिल्ला इञ्चार्ज थिए ।

बुटवलमा शुक्रबार बसेको पार्टीको पहिलो प्रदेश कमिटीको बैठकले सर्वसम्मत रुपमा चौधरीलाई अध्यक्ष चयन गरेको हो ।

दाङकै भागवत विश्वासीलाई यसअघि नै उक्त पार्टीले प्रदेश कमिटी इञ्चार्जको जिम्मेवारी दिइसकेको थियो ।

प्रदेश कमिटीको सचिव भने राजु गुरूङलाई बनाइएको छ । केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरू प्रदेश कमिटीको सचिवालय सदस्य रहने ब्यबस्था गरिएको छ ।

प्रकाशित मिति : २०७८ असोज १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *