२०८१ असोज २९ गते मङ्गलवार

यी हुन, सुरेश हमाल नेतृत्वको टिमका पदाधिकारी पदका उम्मेदवार


तुलसीपुर, असोज १ । नेपाली काँग्रेसको १४औं महाधिबेशन अन्तरगत यही असोज ९ गते हुने भनिएको तुलसीपुर उपमहानगरपालिकाको निर्वाचनका लागि सुरेश हमाल नेतृत्वको टिमले पदाधिकारीमा लड्ने उम्मेदवारको टुँगो लगाएको छ ।

नेपाली काँग्रेस दाङ क्षेत्र नं. ३ का सभापति जगतबहादुर खड्काको अध्यक्षतामा नेता केशब आचार्यसहित नेताहरुको बैठकले नगर सभापति हमाल नेतृत्वमा बस्ने अन्य पदाधिकारीहरुको नाम टुँगो लगाएको हो ।

बैठकले नगर उपसभापतिमा बिनिल केसी र पिमलाल डाँगी, सचिवमा सुशील वली र बिमल पौडेल र सहसचिवमा झलक बस्नेत र शेषमणि भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

हमाल नेतृत्वको यो टिमका सदस्य पदका उम्मेदवारहरु मध्य केहीको नाम टुँगो लगाउन बाँकी रहेको जानकारी दिइएको छ ।

प्रकाशित मिति : २०७८ असोज १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *