२०८२ माघ १० गते शनिवार

बिनिल केसी काँग्रेसबाट तुलसीपुर नगरमा उपसभापति पदको उम्मेदवार


तुलसीपुर, असोज १ । युवा ब्यबसायी बिनिल केसीले नेपाली काँग्रेसबाट तुलसीपुर उपमहानगरपालिकामा उपसभापति पदको उम्मेदवारी दिएका छन् ।

सुरेश हमालको टिमबाट केसीले उपसभापति पदमा उम्मेदवारी दिएका हुन । यो समुहलाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सिंचाई मन्त्री दीपक गिरी लगाएतका नेताहरुको साथ समर्थन छ । केसी नेपाली काँग्रेसका स्वर्गीय नेता तथा तुलसीपुर उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष बिष्णु केसीका छोरा हुन ।

युवा माझ निकै लोकप्रिय छबि बनाएका केसी हाल राप्ती बबई क्याम्पस सञ्चालक समितिका कोषाध्यक्ष, तुलसीपुर उद्योग बाणिज्य संघका महासचिव, नेपाल टेक्वान्दो संघ लुम्बिनी प्रदेशका महासचिव, रोट्रयाक्ट क्लव अफ तुलसीपुरका संस्थापक अध्यक्षपनि हुन ।

बजार ब्यबस्थापनमा माष्टर्स गरेका केसी पूर्व शिक्षक पनि हुन । तुलसीपुर बजारस्थित आफ्नो गणेश डेरी र गणेश पाउरोटी उद्योगमा उनले दर्जन जति युवा युवतिलाई रोजगारी प्रदान गर्दै आएका छन् । केसीले आँफू निर्वाचित भए तुलसीपुरमा काँग्रेसको संगठन मजबुत बनाउन भूमिका खेल्ने बताए ।

काँग्रेस मजबुत बनाउन संगठन गाउँ गाउँ र टोल टोलमा बिस्तार गरि सशक्त बनाउन आवश्यक रहेको तर्क गरेका केसीले त्यसपछि मात्रै आगामी स्थानीय तह, प्रदेश र संघीय निर्वाचनमा काँग्रेसलाई सानदार पूर्वक बिजयी गराउन सकिने धारणा राखे ।

उपसभापति पदका उम्मेदवार केसीले आँफू लगाएत र सुरेश हमाल नेतृत्वको सम्पूर्ण टिमलाई अत्यधिक बहुमतले बिजयी बनाउन मतदातामा अपिलपनि गरे ।

‘सुरेश हमाल नेतृत्वको टिममा आवद्ध ब्यक्तिहरु आ–आफ्नो क्षेत्रमा निकै सुन्दर भविस्य बोकेका युवाहरु छन्,’ केसीले भने ‘सफल उद्योगी ब्यबसायी र उच्च शिक्षा हासिल गरेका युवाहरु राजनीतिमा आए त्यसले अवस्यपनि काँग्रेसलाई स्थानीय तहबाटै मजबुत बनाउने छ ।’

आँफू र आफ्नो टिमलाई बिजयी बनाएपछि अग्रज नेताहरुको सल्लाह आत्मसाथ गर्दैै युवाको उर्जा संगठन निर्माणमा लगाउने प्रतिबद्धता जाहेर गरे ।

‘सायद तुलसीपुरमा यत्तिकै संभावना बोकेका युवाहरुको संगम एउटै टिममा अटाउनु यो दूर्लभ घटना हो,’केसीले भने ‘यो पार्टी भित्र भविस्यमा पनि एउटा आइकोण बनेर संगठन निर्माणमा खटिने छ।’

नगरको नेतृत्व चुन्न असोज ९ गते महाधिबेशनको मिति तोकिएको छ । उक्त दिन तुलसीपुरका १९ वडाका वडा सभापति र क्षेत्रीय प्रतिनिधि गरि ५ सय ९७ जनाले नेतृत्वको छिनोफानो गर्ने छन् ।

प्रकाशित मिति : २०७८ असोज १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *