२०८१ असोज २९ गते मङ्गलवार

लमहीमा हजुर बाजे उमेरका चौधरी र नाति समान बुढाथोकी सभापतिमा भिड्दै


तुलसीपुर , भदौ ३१ । असोज ९ गतेका लागि तय भएको नेपाली काँग्रेसको १४औं महाधिबेशनमा दाङको लमही नगरमा हालसम्म मुख्य गरि दूई जना प्रतिपर्धी देखिएका छन् ।

लमही नगरका पूर्व सभापति शिबु चौधरी र नेपाल तरुण दलका अध्यक्ष सञ्तोष बुढाथोकी नगर सभापति पदमा आमने सामने उभिएका छन् ।

यी दूई बीचको उमेर हेर्दा हजुर बाजे नातिको जस्तै छ । उमेरले चौधरी ७९ बर्ष र बुढाथोकी ३० बर्षका छन् । फरककोणलाई स्रोतले दिएको जानकारी अनुसार चौधरीलाई पार्वती डिसी चौधरी लगाएतका नेताहरुको समर्थन छ ।
बुढाथोकीलाई खुमबहादुर खड्काका छोरा अनुराग, काँग्रेस नेता जानकी लाल बस्नेत, क्षेत्र नं. १ का सभापति भेषराज पाण्डे लगाएतको साथ समर्थन छ ।

देउखुरीकै काँग्रेस केन्द्रीय सदस्य योगेन्द्र चौधरी यी दुबै उम्मेदवारको सवालमा मौन छन् । यद्यपी फरककोण संग सभापति पदका एक आकाँक्षी चौधरीले आँफू कुनै ब्यक्ति बिषेशको नभइ नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार बनेको बताए । ‘मैले अहिले सम्म कुनै नेतालाई पनि फोन सम्पर्क गरेको छैनर मलाई पनि कसैले फोन गरेका छैनन्,’ चौधरीले भने ‘ म आफ्नै बल बुताले नगर सभापतिमा उठेको हुँ । काँग्रेस मजबुत बताउनु मेरो उदेश्य हो ।’

उमेरका कारणले गर्दापनि अहिले मात्रै नगर सभापतिमा उठ्ने संभावना रहेको भन्दै उनले भविस्यमा फेरि निर्वाचन नलड्ने बताए ।
‘पछि पार्टी दिने भूमिकामा अभिभावक भएर बस्ने छु,’ उनले भने ‘ तर, यो पटक बिगतमा मैले पार्टीमा गरेको योगदानका कारण सबैले मलाई साथ दिने आशा गरेको छु ।’

आँफू नगर सभापतिमा निर्वाचित भए संगठन बिस्तार गरि पार्टीलाई नगरमा मजदुत बनाउने र हेरक कार्यकर्ताको आत्मसम्मान उचो राख्ने गरि काम गर्ने विश्वास दिलाए ।त्यस्तै नगरसभापति पदका अर्का आकाँक्षी बुढाथोकीले हाल नगरमा मुर्झाएको अवस्थामा पुगेको पार्टीमा उर्जा थप्न आँफूले उम्मेदवारी दिएको बताए ।

अग्रजलाई सम्मान र कदर गर्दै युवा शक्तिलाई एक ठाउँमा गोलबद्ध बनाएर संगठनलाई मजबुत बनाउने विश्वाश बुढाथोकीले ब्यक्त गरे । ‘युवा भनेका उर्जाका स्रोत हुन,’ उनले भने ‘ युवा शक्तिलाई सही रुपमा परिचालन गरि मुर्झाएको काँग्रेसमा फेरि उर्जा थप्ने कार्य गर्ने छु ।’

बुढाथोकीले आँफू नगर सभापतिमा निर्वाचित भएमा नगरका नौं वटै वडाहरुको नियमित छलफल, सल्लाह र परामर्ष गरि संगठन सशक्त बनाउन लागि पर्ने विश्वास दिलाउन खोजे ।

युवामा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणका लागि पनि आँफूले उम्मेदवारी दिएको बुढाथोकीले तर्क गरे ।
लमहीमा हजुर बाजे र नाति समान उमेरका ब्यक्तिहरु सभापति पद्मा भिड्न थालेपछि त्यसैले धेरै नगरबासीले अभिरुची पूर्वक नियाल्न थालेका छन् ।

प्रकाशित मिति : २०७८ भाद्र ३१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *