२०८१ बैशाख १५ गते शनिवार

तुलसीपुर खानेपानी बारे अदालतमा यमुना शाहले हालेको मुद्दा फिर्ता होला ?

बहुमत पदाधिकारीले भने – हप्ता दिनमै परिषद भेला गर्छौं

तुलसीपुर,भदौ ३० ।तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका बहुमत पदाधिकारील्े एक हप्ताभित्रमा परिषद भेला गर्ने दाबी गरेका छन् । बुधवार संस्थाका बहुमत पदाधिकारीहरुले पत्रकार सम्मेलनको आयोजना गरि हप्ता दिन भित्रै अधिबेशन गर्ने बताएका हुन ।

अधिवेशनपछि अस्तव्यस्त बनेको हुँदा संस्थाको निकासको लागि तत्काल निचोड निकालेर हप्तादिन भित्रमै परिषद भेला बोलाउने संस्थाका सचिव मनोज लामिछानेले बताए ।

उनले संस्थालाई निकास दिने कुरामा आफुहरु विगतदेखि नै चिन्तित रहेको बताए । संस्थाका कोषाध्यक्ष सिताराम शर्माले संस्थाको हित विपरित अधिवेशन पछि अध्यक्ष खेमराज वलीले बन्दशत्र रोक्दा समस्या पैदा भएको आरोप लगाए ।

कोषाध्यक्ष शर्माले संस्थाको हितका लागि खाने पानी संस्थाकी पार्षद यमुना शाह कँडेलले आँफूले अदालतमा हालेको मुद्दा फिर्ता लिने सहमति भएको पनि जानकारी दिए ।

‘ मुद्दा हालेका ब्यक्तिले संस्थाको हितको लागि अदालतबाट मुद्दा फिर्ता लिनुहुने कुरामा हामी विस्वत छौं,’ कोषाध्यक्ष शर्माले भने ।
पत्रकार सम्मेलनमा खानेपानीका सञ्चालक समितिका सदस्य रञ्जन गौतमले अब छिट्टै नै संस्थाका पार्षद, कार्यसमिति, पदाधिकारी र उपभोक्ताका बीचमा द भेला गर्ने निकासका लागि प्रयास गर्ने बताए । ‘संस्थाको हिसाव किताव बाहीर ल्याउनु पर्छ,’ गौतमले भने ‘ केही अनियमितता भएको भए जो दोषी छ त्यसलाई कारबाही हुनुपर्छ।’

तुलसीपुर खानेपानी संस्थाको बिरुद्धमा शाहले उच्च अदलत तुलसीपुरमा मुद्दा हालेपछि गत चैत मै तत्कालिन अध्यक्ष वलीले गर्न खोजेको अधिबेशन अदालतका कारण एकाएक रोकिएको थियो ।

उक्त मुद्दा अहिलेपनि बिचाराधिन छ । अघिल्लो महिना मात्रै संस्थाका अध्यक्ष खेमराज वलीले काम गर्ने वातावरण नभएको भन्दै पत्रकार सम्मेलन गरि पदबाट राजिनामा दिएको घोषणा गरेका थिए ।

मगंलवार मात्रै तुलसीपुर उपमहानगरपालिकामा खानेपानीका पदाधिकारी, राजनितिक दल र कानुनी सल्लाहाकारहरु बीच भएको सर्वपक्षिय बैठकमा मेयर घनश्याम पाण्डेले संस्थाको निकाशका लागि परिषद भेला गराउने र तत्काल निर्वाचन गराउनु पर्ने कुरामा सहमति भएको स्रोतले बताएको छ ।

प्रकाशित मिति : २०७८ भाद्र ३० गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *