२०८१ बैशाख ६ गते बिहिवार

बिमलाले शंकर पोखरेलसहित ४ जना बिरुद्ध अपहरण तथा शरिर बन्धक मुद्दा हालिन

दाङ, भदौ २९ । दाङको निर्वाचन क्षेत्र नं. ३ (ख) बाट निर्वाचित प्रदेश सांसद बिमला खत्री वलीले दाङबाटै प्रतिनिधित्व गर्ने पूर्व मूख्यमन्त्री शंकर पोखरेलसहित चार जना बिरुद्ध अपहरण तथा शरिर बन्धक सम्बन्धी किटानी जाहेरी दिएकी छन् । नेकपा एमालेका नेता पोखरेल दाङकै निर्वाचन क्षेत्र नं. २ (क) बाट निर्वाचित भएका थिए ।

पोखरेल मुख्यमन्त्री रहँदा उनकै निर्देशनमा साउन १५ गतेदेखि ५ दिनसम्म दाङको तुलसीपिुरस्थित घरबाट जबरजस्ती उठाएर बुटवलस्थित मुख्यमन्त्रीको कार्यालयमा बन्धक बनाएको आरोपसहित अपहरण तथा शरीर बन्धकसम्बन्धि बिमलाले मुद्दा दायर गरेकी छन् ।

बिमलाको जाहेरीमा यसअघिका मुख्यमन्त्री शंकर पोखरेल, एमाले प्रमुख सचेतक भूमिश्वर ढकाल, पोखरेलको सचिवालयका तिरण गौतम र एमाले दाङका नेता मानबहादुर रावतलाई हदैसम्मको कारबाहीको माग गरिएको छ ।

गत सोमबार इलाका प्रहरी कार्यालय बुटवमा माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्ती लगाएतका नेताहरु संगै गएर गएर बिमलाले किटानी जाहेरी दिएकी हुन ।

इप्रका बुटवलका प्रमुख डिएसपी मदन कुँवरले पूर्व मुख्यमन्त्रीसहित चार जना बिरुद्ध किटानी जाहेरी परेको जानकारी दिए ।तर, उनले घटनाको शुरुवात भएको स्थान दाङ भएको हुँदा दाङमै उजुरी पठाउने र उतै दर्ता हुने गरि प्रक्रिया सुरु गरिएको बताए ।

दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले भने घटनास्थल जहाँ हो, त्यही मुद्दा दर्ता गरिनु पर्ने तर्क गरे । काफ्लेले दाङमा उजुरी आइनपुगेको जानकारी दिए ।

उजुरीअनुसार अदालतले कसुर ठहर गरेमा पोखरेलसहित ४ जनालाई ७ वर्षदेखि १० वर्षसम्म कैद र सत्तरी हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुनसक्ने व्यवस्था मुलुकी अपराध संहिता २०७४ले व्यवस्था गरेको छ।

प्रकाशित मिति : २०७८ भाद्र ३० गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *