२०८१ असोज २५ गते शुक्रवार

दाङमा बिद्यार्थीको भौतिक उपस्थितिमै बिद्यालय सञ्चालन


दाङ, भदौ २७ । दाङमा सोमबारदेखि बिद्यार्थीको भौतिक उपस्थितिमै बिद्यालय सञ्चालनमा आएका छन् ।
जिल्लाका प्रमुख सहरहरु तुलसीपुर उपमहानगरपालिका, घोराही उपमहानगरपालिका लगाएत अन्य केही पालिकाहरुमा समेत सोमबारदेखि बिद्यार्थीको भौतिक उपस्थितिमै बिद्यालय सञ्चालन गरिएका छन् ।

आइतबार मात्रै प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङको अध्यक्षतामा घोराहीमा बसेको डिसिसीएमसीको बैठकले स्मार्ट लकडाउनको कार्यबिधि अन्तरगत समन्वय गरि स्थानीय तहले बिद्यालय सञ्चालन गर्न पाउने निर्णय गरेको थियो ।

त्यसको भोलिपल्टैदेखि लामो समयसम्म बन्द रहेका जिल्लाका बिद्यालयहरु बिद्यार्थीको भौतिक उपस्थितिमै सञ्चालनमा आएका हुन ।
कोरोना भाइरसको महामारीका कारण शैक्षिक सत्रको पाँच महिना पछि बल्ल बिद्यालय सञ्चालन भएका हुन । बिद्यालय सञ्चालन भएपछि साना बालबालिका र शिक्षक प्रफूल्ल भएका छन् ।

कोरोना महामारीका कारण लामो समय बिद्यालय बन्द हुँदा शहरी क्षेत्रका बालबालिकाले इन्टरनेटको साहेतामा घरमै बसेर पढ्ने गरेपनि ग्रामिण भेगका बालबालिका भने इन्टरनेट सेवा उपलब्ध नहुँदा पढाईदेखि पूर्ण रुपमा बञ्चित हुँदै आएका थिए ।

बिद्यार्थीको भौतिक उपस्थितिमै बिद्यालय सञ्चालन गरिएपनि कार्यबिधिमा एउटा बेञ्चमा कम्तिमा दूई जना मात्रै बिद्यार्थी बसाल्नु पर्ने, बिद्यालय तीन सिफ्टमा सञ्चालन गर्नुपर्ने जस्ता नियमहरु बनाइएको छ ।

बिद्यार्थीको भौतिक उपस्थितिमै बिद्यालय सञ्चालनमा आएपनि विद्यालय बसहरु सञ्चालनमा भने रोक लगाइएको छ ।

प्रकाशित मिति : २०७८ भाद्र २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *