२०८२ मङ्सिर १ गते सोमवार

दाङमा काँग्रेसको वडा अधिबेशन : आइतबार मनोनयन दर्ता, सोमबार बिहान ९ बजेदेखि मतदान

तुलसीपुर, भदौ १९ । नेपाली कांग्रेसको वडा महाविधेशन अन्तरगत दाङमा भदौ २० गते उम्मेदवारले मनोनयन दर्ता गर्ने भएका छन् । निर्वाचन समितिले दिएको जानकारी अनुसार आइतबार बिहान १० बजेदेखि प्रथम मतदाता नामावली प्रकाशन गरिने भएको छ ।

निर्वाचन कार्यतालिका अनुसार ११ : १५ बजे मतदाता नामावली प्रकाशन, ११ : २० देखि १ : २० सम्म उम्मेदवारी मनोनयन दर्ता र दिउँसो १ : ५० बजे प्रथम उम्मेदवारको नामावली प्रकाशन गर्नेका लागि समय छुट्याइएको छ ।

त्यसपछि दिउँसो १ : ५५ देखि २ : ३५ बजेसम्म उम्मेदवार माथिको दाबी बिरोध संशोधन, दिउँसो ३ बजे उम्मेदवारको संंशोधित नामावली प्रकाशन, ३ : ५ देखि साँझ ६ बजे सम्म उम्मेदवारी फिर्ता र बेलुका ६ : ३० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्न पाउने समय निर्धारण गरिएको छ ।

निर्वाचन सोमबार बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म हुने गरि समय निर्धारण गरिएको छ ।

प्रकाशित मिति : २०७८ भाद्र १९ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *