२०८१ असार ९ गते शनिवार

वामदेवले एमाले पार्टी त्यागेको घोषणा गरे

काठमाडौं, भदौ १८ । नेकपा एमाले उपाध्यक्ष वामदेव गौतमले एमाले. पार्टी परित्याग गरेको घोषणा गरेका छन् । शुक्रबार पार्टी मुख्यालय थापाथलीमा पुगेर गौतमले एमाले पार्टी परित्याग गरेको अबगत गराएका हुन ।

गौतमले पार्टीको सबै जिम्मेवारीबाट समेत राजीनामा दिएको उल्लेख गरेका छन् । गौतमले पार्टी त्यागेको पत्र अध्यक्ष केपी शर्मा ओलीलाई समेत पठाएका छन् ।

गौतम यसअघि सम्म पार्टी एकता अभियानमा लाग्दै आएका थिए ।गौतमले एकीकृत समाजवादीमा प्रबेश गर्ने संकेत समेत गरेका छन् । पार्टी त्याग गरेका गौतम राष्ट्रिय सभाका स्वतन्त्र सांसद हुन ।

प्रकाशित मिति : २०७८ भाद्र १८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *