
काठमाडौं, भदौ १८। सरकारले चार जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) को सरुवा गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद बैठकले एआइजीहरूको सरुवा गरेको हो।
अपराध अनुसन्धान विभागमा एआइजी प्रद्युम्न कार्कीको सरुवा भएको छ। मानव स्रोत विभागका एआइजी निरजबहादुर शाहीको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा सरुवा भएको छ।
यसैगरी अपराध अनुसन्धान विभागका एआइजी विश्वराज पोखरेलको मानव स्रोत तथा प्रशासन विभागमा सरुवा भएको छ।
हालै बढुवा भएका एआइजी सहकुलबहादुर थापाको कार्य विभागमा सरुवा भएको छ। सरुवाको औपचारिक पत्र प्राप्त भइसकेको प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार हाल महानगरीय प्रहरी कार्यालय रानीपोखरी (मेट्रो)मा कार्यरत् एआइजी हरिबहादुर पाललाई सरुवा गरिएको छैन।
प्रकाशित मिति : २०७८ भाद्र १८ गते शुक्रवार