२०८१ फाल्गुन ६ गते मङ्गलवार

तुलसीले जित्यो अन्तर स्कूल हाजिरी जवाफ प्रतियोगिता

दाङ, पुष १४ । रोटरी क्लव अफ तुलसीपुर सिटी र रोट्रयाक्ट क्लब अफ तुलसीपुरको संयुक्त आयोजनामा अन्तर स्कुल हाजिरी जवाफ प्रतियोगिता भएको छ । तुलसीपुरका ६ वटा स्कुलहरुको सहभागिता रहेको प्रतियोगितामा माध्यामिक तहका विध्यार्थी सहभागि थिए ।

प्रतियोगितामा तुलसी स्कुल प्रथम, हिमाल एकेडेमी द्धितिय र ज्ञान ज्योति स्कुल तृतिय स्थान हासिल गर्न सफल भए । प्रतियोगितामा गोरखा स्कुल, डिभाईन टेम्पल र गुरुजजुरले सान्त्वना स्थान हासिल गरे ।

रोटरी सम्वन्धि ज्ञान अभिवृद्धि गर्ने र सामान्य ज्ञानमा आधारित बौद्धिक ज्ञानको स्तर मापन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको कार्यक्रम संयोजक रोटरी क्लव अफ तुलसीपुर सिटीका कोषाध्यक्ष सन्दिपन रिजालले बताए ।

कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि तुलसीपुर उप–महानगरपालिका वडा नम्वर ५ का अध्यक्ष बिरेन्द्रकुमार शाहले यस्ता प्रतियोगिताले विद्यार्थीको ज्ञान विस्तार गर्न मद्दत पुग्ने हुँदा पटक÷पटक यस्ता कार्यक्रम गर्न आवश्यक रहेको धारणा राखे ।

रोटरी क्लव अफ तुलसीपुर सिटीका अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठ र रोट्रयाक्ट क्लब अफ तुलसीपुरका अध्यक्ष रुपेश शर्माको संयुक्त अध्यक्षतामा भएको कार्यक्रममा गोरखा स्कुलका शिक्षक बामदेव सापकोटा र रोटरी क्लब अफ तुलसीपुर सिटीका पूर्व अध्यक्ष तुफानबाबु श्रेष्ठले मन्तव्य व्यक्त गरेका थिए । उक्त कार्यक्रमको सहजीकरण महासचिब बिनिल केसीले गरेका थिए ।

प्रकाशित मिति : २०७५ पुष १४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *