
बुटवल, भदौ ८ । लुम्बिनी प्रदेशको मुख्य न्यायाधिवक्तामा श्रीकृष्ण सुवेदी नियुक्त भएका छन । सुबेदी प्यूठानका हुन ।
प्रदेश सरकारले सोमबार उनलाई मुख्यन्यायाधिवक्तामा नियुक्त गरेको हो।
सोमबार नै उच्च अदालत तुलसीपुरकी मुख्य न्यायाधीश नीता गौतम दिक्षितले प्रदेश प्रमुखको कार्यालयमा सुबेदीलाई शपथग्रहण गराएकी हुन ।
उक्त समारोहमा लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन, मुख्यमन्त्री कुलप्रसाद केसी, सभामुख पूर्णबहादुर घर्तीलगायतको सहभागिता थियो ।
यसअघि शंकर पोखरेलले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि त्यतिबेलाका मुख्य न्यायाधिवक्ता ठाकुरप्रसाद डिसीले राजीनामा दिएका थिए । त्यसैले साउन २७ गतेदेखि मुख्य न्यायाधिबक्ताको पद रिक्त थियो ।
प्रकाशित मिति : २०७८ भाद्र ८ गते मङ्गलवार