२०८२ कार्तिक २१ गते शुक्रवार

काँग्रेसको वडा अधिबेशन भदौ १८ मा र केन्द्रीय महाधिबेशन मंसिर ९ गतेदेखि

दाङ, साउन ३१ । नेपाली कांग्रेसको वडा अधिबेशन भदौ १८ गते हुने भएको छ । शनिबार बसेको केन्द्रीय समिति बैठकले केन्द्रीय महाधिवेशन भने मंसिरमा गर्ने निर्णय गरेको छ । भदौ १६ देखि १९ गतेसम्म गर्ने भनिएको महाधिवेशन मंसिरको ९ देखि १३ गतेसम्म गर्ने निर्णय केन्द्रीय समितिले गरेको छ ।

बैठकले मंसिर ९ देखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको छ । त्यस्तै केन्द्रीय समितिले भदौ १८ गते वडा अधिवेशन गर्ने निर्णयपनि गरेको केन्द्रीय सदस्य दीपक गिरीले जानकारी दिए ।
नेता गिरीले शनिवारको केन्द्रीय समिति बैठकले १४ औं महाधिवेशनका लागि नयाँ कार्यतालिका ल्याएको फरककोणलाई बताए ।

नयाँ कार्यतालिका अनुसार क्रियाशील सदस्यको अन्तिम नामावली बुझाउने भदौ २ गतेलाई तोकेको छ । त्यस्तै निर्वाचन निर्देशिका पनि सोही दिन बुझाउने निर्णय भएको छ ।

केन्द्रीय समितिको बैठकले वडा अधिवेशन भदौ १८ गर्ने निर्णयपनि गरेको छ । त्यस्तै गाउँरनगर पालिकाको अधिबेशन भदौ २७ मा र प्रदेश क्षेत्रका अधिबेशन ( क र ख) का असोज १ गते गर्ने निर्णय गरेको छ ।

त्यसैगरी केन्द्रीय समिति बैठकले संघीय निर्वाचन क्षेत्रको अधिबेशन असोज ५ गते र जिल्ला अधिबेशन असोज १० गते गर्ने निर्णय गरेको छ ।
त्यस्तै प्रदेशको नेतृत्व चुन्नका लागि कात्तिक १० देखि १२ गतेको समय तोकिएको छ । र अन्त्यमा केन्द्रीय महाधिबेशन मंसिर ९ गतेदेखि १३ गतेका लागि निर्धारण गरिएको नेता गिरीले जानकारी दिए ।

प्रकाशित मिति : २०७८ साउन ३१ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *