२०८२ कार्तिक २२ गते शनिवार

दाङमा पदभार ग्रहण गर्न आएका मन्त्री डिल्लीबहादुर चौधरीको भब्य स्वागत (भिडियोसहित)

दाङ, साउन ३० ।साउन २८ गते लुम्बिनी प्रदेशका ग्रामिण तथा शहरी बिकास मन्त्री बनेपछि शुक्रबार लुम्बिनीको स्थायी राजधानी दाङको राप्ती गाउँपालिकास्थित मन्त्रालयमा पदभार ग्रहण आएका डिल्लीबहादुर चौधरीको भब्य स्वागत भएको छ ।

नेपाली काँग्रेसको तर्फबाट दाङको निर्वाचन क्षेत्र नं. ३ (क) बाट निर्वाचित चौधरीको स्वागतका लागि शुक्रबार राप्ती गाउँपालिकास्थित मन्त्रालयमा प्रदेश सांसदहरु अर्जुन श्रेष्ठ, शंकर गिरी, बाँकेका सांसद सुरेन्द्र हमाल, दाङ जिल्ला सचिव शंकर डाँगी, पूर्व जिल्ला सहसचिव सुरेन्द्रबहादुर खड्का, काँग्रेस नेता जानकीलाल बस्नेत, नेपाल तरुण दलका जिल्ला अध्यक्ष टीका घर्ती, क्षेत्रीय अध्यक्ष रमेश मल्ल, नेविसंघका जिल्ला कोषाध्यक्ष अरुण लहरे लगाएका सयौं नेता कार्यकर्ता पुगेका थिए ।

चौधरीलाई स्वागत गर्न प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ, जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्ले, जिल्ला प्रहरी प्रबक्ता डिएसपी मुकुन्द रिजाल लगाएका उच्च सरकारी अधिकारी पुगेका थिए ।

काँग्रेसका नेता तथा राप्ती गाउँपािलकाका अध्यक्ष नुमानन्द सुबेदी, जिल्लाका बिभिन्न गाउँपालिकाका वडाध्यक्षहरु, काँग्रेस युवा नेताहरु दोर्ण देवकोटा, तरुण दलका सुरेन्द्र हमाल, सुनिल बाबु डाँगी लगाएतका नेता कार्यकर्ता ठूलो संख्यामा पुगेका थिए ।


‘ यति धेरै मानिसहरु यहाँ आएको यो पहिलो पटक हो,’ एक जना स्थानीयले भने ‘मन्त्री चौधरीको स्वागतमा यति धेरै मानिस आएको देखेर म चकित परे ।’

अबिरल झरिका बीचपनि मानिसहरु मोटरगाडी चढेर मन्त्री चौधरीको स्वागतमा पुगेका थिए ।

दाङमा राजधानी संरचना जति हुन्छ छिटो निर्माण गर्छौं –चौधरी

लुम्बिनी प्रदेशका ग्रामिण तथा शहरी बिकास मन्त्री डिल्लीबहादुर चौधरीले दाङमा राजधानीका लागि संरचनाहरु छिटो भन्दा छिटो निर्माण गरिने बताउनु भएको छ ।

बिहीबार मन्त्रीमा नियुक्त भएका चौधरीले शुक्रबार लुम्बिनीको स्थायी राजधानी दाङको राप्ती गाउँपालिकास्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै राजधानीको भौतिक संरचना निर्माणको कामलाई तीब्रता दिने बताएका हुन ।
स्थायी राजधानीमा छिटो संरचना निर्माण गरि सबै मन्त्रालयहरु जति हुन्छ छिटो बुटवलबाट स्थान्तरण गर्न प्रयास हुने बताए ।

‘यहाँका जनताहरुलाई धेरै दुःख, कष्ट झेल्नु परेको छ,’ मन्त्री चौधरीले भने ‘त्यसैले राजधानीको प्लानिङलाई छिटो टुंगोमा पु¥याउने काम हुने छ ।’

त्यस्तै उनले पर्यटनलाई रोजगारी संग जोड्ने आफ्नो दोस्रो पहल हुने बताए । मन्त्री चौधरी बुटवलबाट आउँदा पहिला राप्ती गाउँपालिकामै रहेको शहिद श्रीनारायण चौधरीको शालिकमा मार्यापन गर्न गएका थिए । त्यसपछि उनी पदभार ग्रहन गर्नका लागि राप्ती प्राबिधिक शिक्षालयस्थित आफ्नो मन्त्रालय पुगेका थिए ।

मन्त्री बनेपछि झन्डै एक सय किलोमिटर पश्चिमको दाङमा आएर पदभार ग्रहण गरेका चौधरी फेरि बुटवल नै फर्किएका थिए । गत बर्ष असोज २० गते प्रदेश सभाको बैठकबाट राजधानी र नाम टुंगो लागेको थियो ।

तर, त्यसको नौ महिनापछि स्थायी राजधानीमा मन्त्रालय स्थापना गरेर कामकाज सुरु भएको हो ।

प्यूठानको प्रतिनिधित्व गर्दै यसअघि ग्रामीण तथा शहरी विकास मन्त्री बनेका हरिप्रसाद रिजालले पहिलो पटक बुटवलबाट आफ्नो मन्त्रालय स्थायी राजधानीको केन्द्र दाङमा स्थान्तरण गरेका थिए । उनले पनि आफ्नो पदभार दाङमै लिएका थिए ।

हालसम्म स्थायी राजधानीको केन्द्र दाङमा आएको यही एउटा मात्रै मन्त्रालय हो । मन्त्रालय गत जेठ तिरै स्थान्तरण गरिएको भएपनि हालसम्म कामकाज भने सञ्चालन भइ सकेको छैन ।

प्रकाशित मिति : २०७८ साउन ३० गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *