२०८२ जेष्ठ ११ गते शुक्रवार

सुकुम्बासीलाइ जग्गा बाड्न सम्भव छैन – वामदेव गौतम

काठमाडौं,साउन २४। नेकपा एमालेका उपाध्यक्ष तथा राष्ट्रियसभा सदस्य वामदेव गौतमले सुकुम्बासीलाई जग्गा वितरण गर्न सम्भव नभएको बताएका छन् । उनले अहिले सरकारले प्रतिव्यक्ति क्षेत्र अनुसार जग्गा दिने भनिए जसरी जग्गा वितरण गर्न जग्गा नभएको पनि बताए ।उनले २०५१ सालदेखि सुकुम्बासीलाई जग्गा वितरण गर्न थालेपनि अहिलेसम्म यो समस्या जिउको तिउ रहेको बताए । उनले यो अवैज्ञानिक र अव्यवहारिक भएको कारण यो समस्या भएको बताए । आज राष्ट्रियसभामा बोल्दै गौतमले यस्तो बताएका हुन्।

गौतमले यो समस्या समाधान गर्न सरकारले सबै जग्गा चलन चल्तीको मूल्यमा खरिद गरेर राष्ट्रिय करण गर्ने र सबै नागरिकको बाँस, गाँस, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्थापन गर्नुपर्ने बताए ।

नेपालमा कुल २६ लाख हेक्टर जमिन भएको र २० लाख सुकुम्बासी भएको भन्दै गौतमले जमिन बाँडेर यो समस्या समाधान नहुने दावी गरे । ‘हामीले संविधान अनुसार गर्न सकेनौं,’ उनले भने, ‘हामीले जमिन नै दिने गर्‍यौं भने पनि हामीसँग त्यति जमिन छँदा पनि छैन । २० लाख भूमिहीनलाई दिने जग्गा नै छैन ।’

भूमि आयोगले विघटन गर्दा आन्दोलनको कुरा चलेको र फेरि गठन गर्ने कुरा उठेको भन्दै गौतमले त्यसबाट समस्या नै समाधान नहुने जिकिर गरे ।

गौतमले यो अवैज्ञानिक र अव्यहारिक प्रणालीलाई खारेज गरेर व्यक्तिको सम्पतिलाई राष्ट्रियकरण गरेर ठूला ठूला उद्योग र कलकारखाना स्थापना गर्दै सबैलाई रोजगारि दिने गरि सरकार अगाडि बढ्नु पर्ने बताए ।

प्रकाशित मिति : २०७८ साउन २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *