२०८१ चैत्र ६ गते बुधवार

एसइईको नतिजा प्रकाशित, यसरी प्राप्त गर्नुहोस – आफ्नो नतिजा

काठमाडौं, साउन २३ । २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले शनिबार दिउँसो परीषा फल प्रकासित गरेको हो । नतिजा बोर्डको वेबसाइट, एसएमएस र आईभीआर मार्फत प्राप्त गर्न सकिन्छ ।

परीक्षाको नतिजा इजी सर्भिस प्रालिबाट ३४९४९ आकाश टेक प्रालिबाट ३१००३ र जानकी टेक्नोलोजी प्रालि मार्फन ३५००१ मा एसएमएस गरेर हेर्न मिल्छ । त्यस्तै नेपाल टेलिकममार्फत १६०० एनसेलबाट १६०० मा एसएमएस गरेर पनि नतिजा थाहा पाउन सकिन्छ ।

परीक्षा बोर्डले २०७७ को एसईईको नतिजा विभिन्न फर्म र संस्थाबाट समेत सार्वजनिक गरेको छ । बोर्डले बोर्डको अफिसियल बेवसाइटबाट, नेपाल टेलिकम, द कन्सेपट प्लस, एडुसञ्जाल, नेपाल टेलिकम, ईकान्तिपुर र एनसेलको वेबसाइटबाट सार्वजनिक गरेको छ ।

यो बर्षपनि बोर्डले देशभरका बिद्यालयहरुले आँफैले मूल्यांकन गरि पठाएको नतिजा नै प्रमाणित गरेर प्रकासित गरेको हो ।

विद्यालयको आन्तरिक मूल्यांकनलाई नै प्रमाणीकरण गरेकोले यो वर्ष पनि बोर्डले नतिजा विश्लेषण नगरेका परीक्षा नियन्त्रक रुद्र प्रसाद अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : २०७८ साउन २३ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *