२०८१ जेष्ठ ३० गते बुधवार

लुम्बिनीमा साउन २७ गते विशेष अधिवेशन आह्वान

दाङ, साउन २१ । लुम्बिनी प्रदेशमा साउन २७ गते विशेष अधिवेशन बोलाइएको छ।मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध परेको अविश्वास प्रस्तावमाथि छलफल गर्नका लागि अधिबेशन आह्वान गरिएको हो ।

प्रदेश प्रमुख अमिक शेरचनले विशेष अधिवेशन आह्वान गरेका हुन । विपक्षी गठबन्धनले सरकारविरूद्ध मंगलबार प्रदेशसभाका अविश्वास प्रस्ताव दर्ता गराई सकेका छन् ।

सरकारविरूद्ध विपक्षी गठबन्धनले बुझाएको अविश्वास प्रस्ताव यो तेस्रो पटक हो।विपक्षी गठबन्धनले वैशाख ६ र २६ गतेपनि सरकारविरूद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए ।

 

प्रकाशित मिति : २०७८ साउन २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *