२०८२ असार ७ गते आइतवार

सर्वोच्चले कर्णालीका ४ सांसदलाई पदमुक्त गरिदियो

काठमाडौं, साउन १८ । सर्वोच्च अदालतले नेकपा (एमाले)बाट निर्वाचित कर्णाली प्रदेशका चार सांसदहरुलाई पदमुक्त गरेको छ ।
सांसदहरु प्रकाश ज्वाला, नन्दसिंह बुढा, अम्मरबहादुर थापा र कुर्मराज शाहीलाई पदमुक्त गर्ने एमालेको निर्णयलाई अन्तरिम आदेशबाट सर्वोच्चले मान्यता दिएको हो ।

गत वैशाख ३ गते संसदीय दलको निर्देशनविपरीत मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएपछि एमालेले चारजना सांसदलाई पदमुक्त गरेको थियो । सोमबार प्रधानध्याधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजालासल उक्त आदेश खारेज गरेको हो ।

सर्वोच्चको आदेशपछि ४० सदस्यीय कर्णाली प्रदेश सभा अब ३५ मा झरेको छ । यसअघि माओवादी केन्द्रले आफ्ना सांसद धर्मराज रेग्मीलाई पदमुक्त गरिसकेको छ । अब कर्णाली प्रदेशसभामा एमालेका सभामुखसहित १६, माओवादी केन्द्रका १२, कांग्रेसका ६ र राप्रपाका १ सांसद मात्रै बाँकी रहेका छन् ।

अहिले कर्णालीमा माओवादी केन्द्रका महेन्द्रबहादुर शाहीको नेतृत्वमा सरकार छ । एमालेबाट पदमुक्त भएका ज्वालबाहेकका ३ जना पनि मन्त्री रहेका छन् ।

नेकपा (एमाले) का ४ सांसद पदमुक्त भएसँगै कर्णालीमा माओवादी–कांग्रेसबीचको सत्ता समीकरण थप बलियो भएको छ । अब महेन्द्रबहादुर शाहीले नेतृत्व गरेको गठबन्धन सरकार स्पष्ट बहुमतमा पुगेको छ ।

प्रकाशित मिति : २०७८ साउन १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *