२०८१ बैशाख ७ गते शुक्रवार

७ वटा गीती एल्बम र ८ पुस्तक एकैसाथ बिमोचन

यमकला भुसाल
तुलसीपुर, पुष १२ । नेपाल सस्कृत विश्वविद्यालयका उपकुलपति डां कुलप्रसाद कोइरालाले कुनै पनि रोगहरुलाई उपचार गर्ने पद्धती सगंीत बनेको बताए । श्रीमद–दिप स्मृति प्रतिष्ठानको आयोजनामा सात एल्बम,सातै प्रदेश २०७५ को समाजमा सिर्जनाको रङ् पुर्वपश्चिम साहित्यक तथा साङगीतिक बिमर्श अभियान अन्तरर्गत बिहिवार तुलसीपुरमा भएको कार्यक्रमलाई सम्बोधन गर्दे उनले  यस्तो बताए । उनले भने–सगींतले नै मानिसलाई जिवन दिन्छ,अनि स्वस्थ पनि ।

रिपोर्टस क्लव दाङ शाखाका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा डा. डिआर उपाध्यायद्धारा लिखित ७ वटा गीती एल्बम र ८ पुस्तकको तुलसीपुरमा पनि एकैसाथ बिमोचन गरिएको छ ।

सो अवसरमा सहेली, माउन्टेन,प्रतिनार,म्यालोडी,जोहो,जखम,अन्राप र नसालु नजरले नामक गीती एल्बमहरु एकैसाथ बिमोचन गरिएको थियो भने विभिन्न विधाका ८ पुस्तकहरुको समेत बिमोचन गरिएको हो ।

कार्यक्रममा बोल्दै लेखक तथा गितका रचनाकार डा. डिआर उपाध्यायले समाजमा भएका बिकृती विसंगतीलाइृ हटाउनका लागी आफुले यो प्रयास थालेको बताए । उनले आफु समाज शास्त्रको विद्यार्थी भएकाले पनि समाजमा भएका घटनालाई किताव र गितका माध्यमबाट एकैसाथ बाहिर ल्याएको बताए । उक्त एल्बममा समाजमा घट्ने सबैखाले घटनामा आधारीत रहेर गितहरु रचिएको बताए । साथै उनले आफुले महिलालाई धेरै सम्मान गर्ने पनि बताए ।

यस्तै कार्यक्रममा बोल्दै लेखक तथा पत्रकार बसन्त आचार्यले पछिल्लो समयमा तुलसीपुर क्षेत्रको साहित्यको अवस्था आसा लाग्दो रहेको बताए  । फुटकर,कृति दुबै तरिकाले तुलसीपुर क्षेत्रमा साहित्यको राम्रो आकंलन गर्न सकिन्छ उनले भने । साथै उनले तुलसीपुर उपमहानगरपालिकाले साहित्य र सगीत क्षेत्रका लागी प्रत्येक वर्ष बजेट छुट्याउदै आएको पनि बताए । सो अवसरमा गायक तथा सगींकार सागर अधिकारी (सरद), सगंीतकार बच्छु कैलाश लगाएतले सगंीत रे भएको बताउदै साहित्य र सगींतलाई शक्तिशाली रुपमा चयन गरेको समेत बताए ।

प्रकाशित मिति : २०७५ पुष १२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *