२०८१ असार ९ गते शनिवार

आज लुम्बिनीसहित ६ प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना

काठमाण्डौ,साउन १४ । आज दिउँसोपछि देशभर नै पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । प्रदेश –१, प्रदेश–२ वाग्मती, लुम्बिनी, कर्णाली, र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना छ ।

अहिले गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा पानी परिरहेको मौसमविद् निराजन सापकोटाले जानकारी दिए ।

यस्तै राति पनि प्रदेश(१, प्रदेश(२, वाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना छ । यी प्रदेशमा भोलि पनि ठूलो पानी पर्ने अनुमान गरिएको छ ।

मौसमविद्ले प्रदेश–१, प्रदेश–२, वाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा बाढी पहिरोको जोखिम रहेकाले सावधानी अपनाउन आग्रह गरेका छन् ।

यसपालि सरदरभन्दा धेरै वर्षा भएको छ । यसले बाढी पहिरोको जोखिम पनि बढाएको छ ।

अहिले मनसुनी न्यूनचापीय रेखा नेपालको पश्चिमी तराईको नजिक रहेको छ ।

प्रकाशित मिति : २०७८ साउन १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *