शरद रेग्मी
दाङ, पुष ११ । तुलसीपुरका एकजना अग्नि पीडितलाई ९ लाख रुपैंया आर्थिक सहयोग प्रदान गरिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ मा रहेको भिम घिमिरेको अन्नपूर्ण सप्लायर्समा मंसिर २८ गते विहान आगलागी भएको थियो । जुत्ता चप्पलको डिलरमा विद्युत सर्ट भएर आगलागी बाट झन्डै ५ करोड बराबरको क्षति भएको पीडित घिमिरेले जानकारी दिएका थिए । पीडित घिमिरेले विभिन्न संघ संस्था तथा स्थानीय तहहरुको सहयोगमा बुधवारसम्म ९ लाख बढी रकम संकलन भएको जानकारी दिएका छन् ।
तुलसिपुर उधोग बाणिज्य सङघको अगुवाईमा आर्थिक सहयोग संकलन सुरु भएको थियो । अध्यक्ष बिरबहादुर रावतले पीडित घिमिरेलाई तत्कालै ५१ हजार नगद सहयोग प्रदान गरिएको जानकारी दिए ।
बाणिज्य संघका पूर्व अध्यक्ष विमल रिजालले यही पुस २१ गते हुन गइरहेको संघको २५आंै साधारणसभामा केन्द्रीय अध्यक्ष लगायतको उपस्थितिमा थप एकला रुपैंया सहयोग प्रदान गर्ने गरि तयारी भइरहेको जानकारी दिएका छन् । उनले ईन्सोरेन्स कम्पनी र नेपाल उधोग बाणिज्य महासङघलाई सहयोगका लागि आग्रह गरिएको रिजालले बताए ।
वाणिज्य संघका कार्य समिति,पदाधिकारी, सल्लाहकार,पुर्व अध्यक्षहरुले ब्यक्तिगत रुपमा प्रदान गरेको रकम संघकी केन्द्रीय अध्यक्ष भवानी राणाले हस्तान्तरण गर्ने योजना बनाइएको पूर्व अध्यक्ष रिजालले बताए ।
राप्ती यातायात समिति बाट पनि सहयोग
राप्ती अञ्चल सार्वजनिक यातायात ब्यबसायी समितिले बुधवार अग्नि पीडित घिमिरेलाई नगद २५ हजार ५ सय ५५ रुपैंया सहयोग प्रदान गरेको छ । समितिका अध्यक्ष सुरेश हमाल लगाएका पदाधिकारी घिमिरेको घरमै पुगेर उक्त सहयोग रकम प्रदान गरेका हुन ।