२०८२ बैशाख ३० गते सोमवार

देउवालाई सघाउन गठबन्धन दलहरुले कार्यदल निर्माण गर्दै

संयोजक काँग्रेस महामन्त्री खड्का बन्ने चर्चा

काठमाडौं, साउन ८ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई सहयोग गर्न गठबन्धनका दलहरूले कार्यदल बनाउने भएका छन् ।

नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवालाई सघाउनका लागि कार्यदल निर्माण गर्न लागिएको छ ।

स्रोतका अनुसार नेपाली कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा कार्यदल बनाउने गरि गृहकार्य सुरु भएको छ ।

उक्त कार्यदलले सरकारले गर्ने कामहरूबारे न्यूनतम साझा कार्यक्रम जारी गर्नेदेखि मन्त्रालय बाँडफाँट लगायत विषयमा सहमति कायम गर्ने छ ।

सकभर शुक्रबार नै कार्यदल निर्माण हुने र पहिलो बैठकपनि बस्ने तयारी भइरहेको स्रोतले बताएको छ । कार्यदलमा गठबन्धन दलहरूबाट दूई–दूई जना सदस्य राख्ने गरि गृहकार्य भइरहेको स्रोतले बताएको छ ।

गठबन्धनमा कांग्रेस, नेकपा माओवादी, जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष, राष्ट्रिय जनमोर्चा लगाएका छन् । यअसघि नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष पनि गठबन्धन रहेको भएपनि अब उनीहरु के गर्छन ? भन्ने चासोको बिषय बनेको छ ।

कार्यदलमा कांग्रेसबाट केन्द्रीय सदस्यद्वय रमेश लेखक र मिनेन्द्र रिजाल, माओवादीबाट वर्षमान पुन र संसदीय दलका उपनेता देव गुरूङ, जसपाबाट राजेन्द्र श्रेष्ठ र महेन्द्र राय यादव कार्यदल सदस्य रहने गरि कार्यदल गठनको अभ्यास भइरहेको छ ।

प्रधानमन्त्री देउवाले हालसम्म कांग्रेसबाट २ र माओवादीबाट २ जनालाई मात्रै मन्त्री बनाएका छन् । अब कार्यदलले थप मन्त्रीहरु क–कस्लाई बनाउने भनेर टुँगो लगाउने भएको छ ।

देउवाले साउन ३ मा विश्वासको मत लिएका थिए। प्रधानमन्त्री देउवालाई नेकपा एमालेका २२ सहित १६५ जना सांसदले विश्वासको मत दिएका थिए।

 

 

प्रकाशित मिति : २०७८ साउन ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *