२०८१ चैत्र ९ गते शनिवार

तुलसीपुरमा जल्यो हिराचन्द्र केसी र मेटमणि चौधरीको पुत्ला

 

तुलसीपुर, साउन ४ । तुलसीपुरमा प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसी र मेटमणि चौधरीको पुत्ला जलाइएको छ । नेकपा एमालेको तर्फबाट दाङको निर्वाचन क्षेत्र नं. ३ बाट निर्वाचित केसी र क्षेत्र नं. १ बाट निर्वाचित मेटमणि चौधरीको एमाले भित्रैको ओली समुहका नेता कार्यकर्ताले पुत्ला जाएका हुन । नेकपा एमालेको केपी शर्मा ओली पक्षधर नेता कार्यकर्ताले सोमबार बेलुका तुलसीपुरको मदन आश्रित चोकमा केसी र चौधरीको पुत्ला जलाएका हुन ।

युवा संघ र अनेराश्ववियुको आयोजनामा भएको कार्यक्रममा एमाले बरिष्ठ नेता तुलसीपुरमा बरिष्ठ नेता माधबकुमार नेपाल र माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रतिनिधिसभा सदस्य केसी र चौधरीका बिरुद्ध चर्को नाराबाजी भएको थियो । गद्दार माकुने मुर्दाबाद, प्रचण्डे मुर्दाबाट, हिराचन्द्र केसी मुर्दाबाट, मेटमणि चौधरी मुर्दाबाद भन्दै उनीहरुले नाराबाजी गरेका थिए ।

त्यसपछि आयोजित कोणसभालाई नेकपा एमाले ओली समुहका दाङ जिल्ला अध्यक्ष हुकुम बहादुर बस्नेतले सम्बोधन गर्दै लाल गद्दारहरुलाई पार्टीमा कुनै स्थान नभएको बताए । कार्यक्रमको सहजीकरण उक्त समुहका अनेराश्ववियु जिल्ला संयोजक सर्जन परियारले गरेका थिए ।कार्यक्रममा तुलसीपुर वडा नं. १८ का अध्यक्ष माधव वली, वडा नं. ६ का वडा सदस्य दुजमान भण्डारी लगाएको सहभागिता थियो ।

प्रकाशित मिति : २०७८ साउन ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *