२०८० चैत्र १६ गते शुक्रवार

सरकारले ‘भूमि आयोग’ खारेज गर्यो

काठमाडौं, साउन ४ । सरकारले ‘भूमि आयोग’ खारेज गर्ने निर्णय निर्णय गरेको छ । पूर्ववर्ती केपी शर्मा ओली सरकारद्वारा गठित आयोग खारेज गर्ने निर्णय गरेको हो । गृहमन्त्री बालकृष्ण खाँडले मन्त्रिपरिषद्बाट खारेजी सम्बन्धी निर्णय भएको जानकारी दिएका छन् ।

यसअघि ओली प्रधानमन्त्री हुँदा चितवनको भरतपुर महानगरपालिका प्रमुखमा पराजित उम्मेदवार देवी ज्ञवालीको अध्यक्षतामा सरकारले २०७७ वैशाखको पहिलो साता आयोग गठन गरेका थियो । आयोग केन्द्रमा मात्र नभई ७७ जिल्लामा गठन गरी राज्यलाई करको भार बोकाइएको थियो ।

ओलीले आफ्ना नेता÷कार्यकर्तालाई पोस्ने उद्देश्यअनुपरुप आयोग गठन गर्न लगाएको आरोप खेप्दै आएका थिए । आयोगमा अध्यक्ष राज्यमन्त्री र अरु सदस्यले सचिवसरहको सुविधा पाएका थिए । ७७ वटै जिल्ला संयोजकलाई सहसचिवसरहको र जिल्लातहका सदस्यहरुलाई अधिकृत सरहको सुविधा प्रदान गरिएको थियो ।

सरकारले पहिलो पटक प्रतिनिधि सभा विघटन तथा पुस ५ पछि फागुन ११ सम्म र दोस्रो पटक प्रतिनिधि सभा विघटन पछि गरिएका सबै राजनीतिक नियुक्ति खारेजी गर्ने प्रक्रिया सुरु गरिसकेको छ ।

प्रकाशित मिति : २०७८ साउन ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *