२०७८ साउन २० गते बुधवार

प्रधानमन्त्री शेरबहादुर देउवाले पाए विश्वासको मत

पक्षमा १६५ र बिपक्षमा ८३ मत


काठमाडौं,साउन ३ । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत प्राप्त गरेका छन् । आइतबार राति बसेको प्रतिनिधि सभा बैठक मार्फत प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति देउवाले बहुमत प्राप्त गरेका हुन ।

देउवाको पक्षमा १६५ मत प्राप्त भएको थियो, भने जम्मा विपक्षमा ८३ मत मात्रै प्राप्त भएको थियो ।

त्यस्तै तठष्ठ अर्थात मत दिन्न भन्ने पक्षमा एक मत मात्रै परेको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
आइतबारको प्रतिनिधि सभा बैठकमा कुल दुई सय ४९ सांसद उपस्थित थिए।

नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवालाई नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधव नेपाल समुह, जनता समाजबादी पार्टी र अध्यक्ष केपी ओली पक्षका केही सांसदहरुले समेत पार्टीको फ्लोर क्रस गरेर मत दिएका थिए ।

सर्वौच्च अदालतले संविधानको धारा ७६ को ५ बमोजिम प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रियामा दलीय ह्वीप नलाग्ने व्याख्या गरेको थियो।

यी हुन देउवालाई विश्वासको मत दिने एमाले सांसदहरू

माधवकुमार नेपाल
हिरा केसी
मेटमणि चौधरी
कल्याणी खड्का
भवानी खापुङ
मुकुन्द न्यौपाने
विरोध खतिवडा
जीवनराम श्रेष्ठ
पार्वती विशुंखे
कृष्णकुमार श्रेष्ठ किसान
गोपाल बम
प्रेमबहादुर आले
लक्ष्मी चौधरी
निरादेवी जैरू
रामकुमारी झाँक्री
धनबहादुर बुढा
विना बुढाथोकी
सरला यादव
पुष्पाकुमारी कर्ण
कलिला खातुन
सविना हुसेन र
कृष्णलाल महर्जन

तटस्थ बस्नेहरु

सबै गरि मतदानमा एमालेका ३२ सांसदले पार्टीको निर्णय उल्लंघन गरेका छन् । त्यसमध्ये वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ जनाले देउवाका पक्षमा विश्वासको मत दिएका थिए भने १० सांसद तटस्थ बसेका थिए ।

झपट रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, सोमप्रसाद पाण्डे, दीपकप्रकाश भट्ट, यज्ञराज सुनुवार, नारायण खतिवडा, गोकर्ण बिष्ट, राजबहादुर बुढालगायत सांसदहरू तटस्थ बसेका हुन ।

जनता समाजवादी पार्टीका महन्थ ठाकुर र राजेन्द्र महतो समूहले देउवालाई विश्वासको मत दिने कुरा अनैतिक भएको भन्दै उनीहरुले आफुहरु तटस्थ बसेको प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति : २०७८ साउन ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *