तुलसीपुर, असार ३१ । साउन २ गते तुलसीपुरमा कोरो साईकल च्यालेञ्ज प्रतियोगिता हुने भएको छ । शनिबार बिहान ८ बजेदेखि तुलसीपुरको कालीका मन्दिरबाट प्रतियोगिता सुरु हुने छ ।
कालिका मन्दिरबाट सुरु हुने प्रतियोगिता तुलसीपुर बजार परिकर्मा पछि राप्ती राजमार्ग हुँदै उरहरी चोकबाट बेल्टाकुरा–सुकौरा हुँदै बैबाङ पुग्ने छ । त्यहाँबाट कुमलगैरी हुँदै सुर्खेत रोड हुँदै तुलसीपुर फर्किने भएको छ । दाङ जिल्ला साईकल क्लबका उपाध्यक्ष खुमबहादुर न्यौपानेका अनुसार प्रतियोगितामा तुलसीपुर र घोराहीका गरि झन्डै ८० जना साईकिलिष्टहरु सहभागि हुने भएका छन् ।
पछिल्लो समय दाङमा शारिरीक ब्यायाम रुपमा साईकल चढ्नेहरुको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । साईकल शारिरीक ब्यायाम, वातारण र पर्यटन पर्बद्धनका लागि महत्वपूर्ण मान्ने गरिन्छ ।
प्रकाशित मिति : २०७८ असार ३१ गते बिहिवार