
असार २९ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीका नाममा सम्बोधन गर्ने भएका छन्। ओलीले आज दिउँसो २ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका हुन्। आज (असार २९) बाट नेकपा एमालेका अध्यक्ष ओली सत्ताबाट बाहिरिँदै छन् भने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्दै छन्। सर्वोच्च अदालतको आदेशअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले आज देउवालाई प्रधानमन्त्री पदमा नियुक्ति गर्ने भएकी हुन्।
आज साँझ ५ बजे देउवालाई प्रधानमन्त्री पदको शपथ खुवाउने कार्यक्रम तय गरिएको छ। सर्वोच्च अदालतले सोमबार प्रतिनिधि सभा पुनःस्थापना गर्दै देउवालाई आज (मंगलबार) साँझ ५ बजेभित्र प्रधानमन्त्री पदमा नियुक्ति दिन परमादेश जारी गरेको हो। देउवा पाँचौंपटक प्रधानमन्त्री बन्न लागेका हुन्।
देउवाले आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी गरिरहेका छन्।
त्यसविरुद्ध देउवाको नेतृत्वमा १४६ सांसदले हालेको मुद्दामा सर्वोच्च अदालतले सोमबार फैसला सुनाउँदै प्रतिनिधि सभा पुनःस्थापना गर्नाका साथै देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको हो। अदालतको परमादेशसँगै अब ओली हट्ने र देउवा प्रधानमन्त्री हुने भएका हुन्।