२०८१ असार ८ गते शुक्रवार

माओवादी केन्द्रको मन्त्रीहरुको टुंगो लगाउन बसेको बैठक सकियो

काठमाडौँ,असार २९ । काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागिताको निर्णय तथा मन्त्रीहरुको टुंगो लगाउन बसेको माओवादी केन्द्रको बैठक सकिएको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा बैठकले देउवा सरकारमा सहभागी हुने निर्णय गर्नुका साथै सो सरकारमा पार्टीबाट सहभागी को-को हुने भन्ने टुंगो भने नलागेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । ‘सरकारको विषयमा काँग्रेससँग थप छलफल गर्ने निर्णय भएको छ, त्यसपछि मन्त्री तोक्न सकेसम्म अर्को स्थायी कमिटीको बैठक बोलाउने, नभ्याइए अध्यक्षले नै टुंगो लगाउने निर्णय भएको छ ।’

बैठकले प्रतिनिधिसभा विघटन बदर गर्ने परमादेश दिने सर्वोच्च अदालतलाई धन्यवाद पनि दिएको छ । त्यसैगरी गठबन्धन सरकार सञ्चालनका विधि र प्रक्रियाबारे काँग्रेससँग थप छलफल गर्ने निर्णय समेत भएको छ।

सर्वोच्च अदालतले सोमबार प्रतिनिधिसभा विघटन बदर गर्दै काँग्रेस सभापति देउवालाई दुई दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो ।
सोही अनुसार राष्ट्रपतिले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने तयारी गरेकी छिन् भने आजै उनले सानो आकारको मन्त्रिपरिषद गठन गर्न लागेका छन् ।

प्रकाशित मिति : २०७८ असार २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *