
दाङ, असार २८ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सर्वोच्च अदालतको फैसला प्रति असन्तुष्टि पोखेका छन् ।
सोमबारको सर्वोच्चको फैसलाले संसदीय व्यवस्था र दलीय प्रणालीमाथि गम्भीर आघात पु¥याएको मुख्यमन्त्री पोखरेलले सामाजिक सञ्जालमा स्ट्याटस लेखेका छन् ।
‘सूदुर भविष्यसम्म नेपाल राष्ट्र र नेपालीले अस्थिरताको दुश्चक्र ब्यहोर्नुपर्ने भो,’ पोखरेलले लेखेका छन् ।
सर्वोच्चले दुई दिनभित्र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेपछि पोखरेलले असन्तुष्टि पोखेका हुन । त्यस्तै सर्बोच्चले सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपतिको निर्णयलाई बदर गरिदिएको छ।
प्रकाशित मिति : २०७८ असार २८ गते सोमवार
