२०८१ असार ९ गते शनिवार

देउवालाई २ दिन भित्र प्रधानमन्त्री बनाउन सर्वोच्चको परमादेश

प्रतिनिधिसभा पनि पुर्नंस्थापना


काठमडौं, असार २८ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई २ दिन भित्र प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्च अदालतले परमादेश जारी गरेको छ।संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सोमबार निवेदक शेरबहादुर देउवाको पक्षमा फैसला सुनाउँदै त्यस्तो आदेश जारी गरेको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले उक्त आदेश जारी गरेको हो ।

त्यस्तै सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपतिको निर्णयलाई सर्वोच्चकोअदालतले बदर गरिदिएको छ । प्रतिनिधिसभा पुर्नंस्थापनाको माग गर्दै कांग्रेस सभापति शेरबहादुर देउवासँगै १४६ सांसदलगायतले सर्वौच्च अदालतमा रिट दर्ता गरेका थिए ।सर्वौच्चको यो आदेशले प्रतिनिधिसभाले पुर्नं जीवन पाएको छ । सर्वौच्चले ७ दिन भित्र प्रतिनिध सभा बैठक बोलाउन आदेश समेत जारी गरेको छ।

प्रकाशित मिति : २०७८ असार २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *