तुलसीपुर, असार २६ । घोराहीका एक जना अटो चालकले यात्रुले भुलेर छोडेको नगद र सुनको गर–गहना सहितको झोला प्रहरीमा बुझाएका छन् ।
दाङको घोराही उपमहानगरपालिका वडा नं. १३ का २९ बर्षीय अटो चालक रामप्रशाद झाँर्की मगरले आफ्नो ग १ ह २१५३ नम्बरको अटोमा यात्रुले छोडेको झोलासहितको नगद र सुनको गरगहना प्रहरीमा बुझाएका हुन ।
रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं. ७ का ३० बर्षीया मतिकला बुढाले अटो चढेपछि ३७ हजार नगद र एक तोला सुनको सिक्र्री भएको झोला भुलेर अटोमै छोडेकी थिइन ।
शुक्रबार घोराही १३ बसपार्क जाने क्रममा बुढाले अटोमै उक्त रकम छोडेपछि मगरले इमान्दारिताका साथ त्यो नगद रकमसहितको झोला र सुनको सिर्की प्रहरीमा बुझाएका थिए ।
प्रहरीले बुढाको पहिचान गरि नगद र गहनासहितको उनको झोला हस्तान्तरण गरेको छ ।
आफ्नो हराएको झोलासहितको नगद रकम र सुनको सिर्की फिर्ता गर्ने मगरलाई बुढा र प्रहरी अधिकारीले धन्यबाद दिएका थिए ।