तुलसीपुर, असार २४ । तुलसीपुरबाट झन्डै डेढ लाख रकमसहित पाँच जुवाडे पक्राउ परेका छन ।
पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. १५ का ३७ बर्षीय खड्गबहादुर वली, तुलसीपुर ५ का ३७ बर्षीय शरन श्रेष्ठ, तुलसीपुर ६ का ४१ बर्षीय मिन केतन गिरी, घोराही उपमहानगरपालिका वडा नं. ७ का ४१ बर्षीय बिनोद खाती र घोराही १५ का ३१ बर्षीय छबि गिरी रहेका छन् ।
दाङ जिल्ला प्रहरी प्रबक्ता डिएसपी मुकुन्दप्रशाद रिजालले तुलसीपुर १० स्थित झग्गुप्रशाद बुढाथोकीको घरमा जुवा खेली रहेको अबस्थामा बुधबार बेलुका साढे ६ बजे उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए ।
उनीहरुमाथि जुवा ऐन अन्तरगत मुद्दा चलाएर कारबाहीको प्रक्रिया अगाडि बढाइने प्रहरी प्रबक्ता रिजालले बताए ।
प्रकाशित मिति : २०७८ असार २४ गते बिहिवार