२०८१ असार ३ गते आइतवार

रोटरी क्लव अफ तुलसीपुरको अध्यक्षमा शिब श्रेष्ठ


असार १९ । रोटरी क्लव अफ तुलसीपुर सिटीको अध्यक्षमा शिव श्रेष्ठ चयन भएका छन् । सन २०२१ ÷ ०२२ का लागि श्रेष्ठ अध्यक्षमा निर्विरोध चयन भएका हुन । एक कार्यक्रमका बीच नवनिर्वाचित अध्यक्ष श्रेष्ठसहितका पदाधिकारीहरुको पदस्थापन गरिएको छ । जसमा प्रस्ताबित अध्यक्ष यज्ञबहादुर केसी, भाबि अध्यक्ष ईन्जिनियर पवन योगी , उपाध्यक्षहरुमा विनिल केसी, सन्दिपन रिजाल, देवेन्द्र केसी चयन भएका छन् । महासचिवमा बुद्धप्रकाश सिंह र कोषाध्यमा मनोज वस्नेत चयनलाई चयन गरिएको छ ।

क्लवका यसअघिका अध्यक्ष शुरेस हमालको अध्यक्षता तथा पूर्ब एजी कुशल तर्तालको प्रमुख आथित्यतामा पदस्थापन कार्यक्रम भएको हो । वक्ताहरुले रोटरी क्लव मानविय सेवामा समर्पित संस्था रहेको भन्दै गाउँ घरमा पुगेर शिक्षा , स्वास्थ्य लगायतका क्षेत्रमा उदाहरणिय कार्य गर्नु पर्नेमा जोड दिएका थिए ।

पदस्थापन कार्यक्रममा पूर्व अध्यक्षहरु अनुपकुमार श्रेष्ठ , विमल रिजाल, विजय केसी, विरु रावत, तुफानवावु श्रेष्ठ , ललितबहादुर घर्ती ,राजेन्द्र श्रेष्ठ, देबबहादुर केसी, रोट्रयाक्ट क्लव अफ तुलसीपुरका अध्यक्ष प्रमिश लामिछाने , सन २०२१÷०२२का अध्यक्ष हेमराज बस्नेत लगायतले शुभकामना ब्यक्त गरेका थिए ।

प्रकाशित मिति : २०७८ असार १९ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *