२०८१ बैशाख ८ गते शनिवार

शिक्षक महासंघले विभिन्न मागसहित तुलसीपुर उपमहानगरलाई ज्ञापन पत्र बुझायो


तुलसीपुर,असार १८ । शिक्षक महासंघको केन्द्रिय कार्यक्रम अन्तर्गत प्रत्येक स्थानीय तहमा धर्ना तथा ज्ञापन पत्र बुझाउने कार्यक्रम सप्पन्न गरिएको छ। सोही कार्यक्रम अन्तर्गत बिहीबार विभिन्न माग सहित तुलसीपुर उपमहानगरपालिकामा ज्ञापन पत्र बुझाइको छ ।

प्रमुख मागहरु मध्ये बालबिकाश शिक्षक बिधालय कर्मचारीहरुको अनिवार्य सरकारले तोकेको अनुसारको तलब वृद्धि हुनु पर्ने, राहत अस्थायी स्थायी लगायतका माग सम्बोधन हुनु पर्ने माग गरेका छन् ।

सो अवसरमा शिक्षक संघकी केन्द्रिय पुर्ब उप-महासचिब सुसिला सुवेदी, अखिल नेपाल शिक्षक महासंघकी केन्द्रिय सदस्य निर्मला डाँगी, शिक्षक,स्थानीय कर्मचारी युनियन लुम्बिनी प्रदेश सयोजक झरेन्द्र खरेल ,संघका जिल्ला उपाध्यक्ष योगराज खत्री,नगर कमिटीका अध्यक्ष लेबेन्द्र केसी, अखिल नेपाल शिक्षक संगठनका जिल्ला सल्लाहकार फर्सराम खनाल,नगर अध्यक्ष मेघराज घिमिरे,एकीकृत अखिल नेपाल शिक्षक संगठनका नगर अध्यक्ष पूर्णबहादुर पुन, अखिल नेपाल शिक्षक संघका तुलसीपुर नगर कमिटीका अध्यक्ष तुलसी भण्डारी लगायतले आफूहरुको मागलाई सम्बोधन नभए थप आन्दोलनका कार्यक्रमहरुलाइ सशक्त बनाउने चेतावनी समेत दिएका छन् ।

प्रकाशित मिति : २०७८ असार १८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *