२०८२ मङ्सिर १ गते सोमवार

पत्रे खोलामा सिडिओ, दूई दिनमै समस्या समाधन गर्ने आश्वासन

पत्रेखोला, असार १५ ।सरुवा भएर दाङ आएका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ कार्यभार सम्हालेको पहिलो दिनमै पत्रेखोला पुगेका छन् । पुल निर्माणका क्रममा भएको ढिलासुस्ती बुझ्न तथा कच्वेलाई सहज बनाउन भन्दै उनी स्थलगत अनुगमन गर्न पत्रेखोला पुगेका हुन् ।प्रमुख जिल्ला अधिकारी कुरुम्बाङ संगै डिभिजन सडक कार्यालय घोराहीका डिइ निरज शाक्य, जिल्ला प्रहरी प्रमुख श्यामप्रसाद काफ्ले, अनुसन्धानका प्रमुख एसपी अर्जुन भण्डारी तथा नेपाली सेनाका अधिकारीको पनि त्यस अबसरमा उपस्थीति रहेको थियो ।

‘म त विपत व्यवस्थापन समितिको संयोजकको हैसियतमा आएको हुँ, काम यहांहरुले गर्ने हो,’ कुरुम्बाङले भने ‘सादय एक दुइ दिनमै यातायात सहज हुन्छ।’ प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले चाँडो भन्दा चाँडो यातायात सहज बनाउन विषयगत कार्यालयहरुलाई निर्देशन दिइसकेको बताए ।

आवस्यक परे नेपाली सेना, शशस्त्र प्रहरी र नेपाल प्रहरीको जनशक्ति प्रयोग गरेर भएपनि यातायात सहज बनाउने उनले जानकारी दिए । विकाश निर्माणका काममा ढिलासुस्ती हुनुहुँदैन भन्ने आफ्नो मान्यता रहेको बताउंदै उनले बैकल्पिक डाइभर्सनका लागि तत्काल काम हुने अश्वासन दिए । डिभिजन सडक कार्यालय घोराहीका डिइ निरज शाक्यले अवको चार दिनभित्रै पत्रेखोलामा सडक यातायात सहज बनाउने आश्वासन बाँडे । ‘कम्तिमा ३÷४ दिन फोरह्वील गाडिलाई रोकेर भएपनि कच्वे ढलानको काम सम्पन्न गरेर सहज यातायात चल्ने बनाउने छौं’, शाक्यले भने ।

उनले तुलसीपुर– घोराही सडकको मर्मत सम्भारको संपूर्ण दायित्व चारलेन सडक परियोजनामा गइ सकेको शाक्यले जानकारी दिए । तर, चारलेन सडक परियोजनाले भने त्यसमा कुनै चासो देखाएको देखिदैन । पक्कि पुलको एप्रोच सडक भएकाले पत्रेखोला कच्वेसंगै संक्राम खोला पुल, गुर्जेखोला पुल र कुईरेपानी पुल आसपासको सडकपनि मर्मत संभार डिभिजन सडकले नै गर्ने पनि उनले बताए ।

त्यसबाहेक अन्य स्थानको मर्मत संभार भने अव डिभिजन सडक कार्यालयको दायित्व वाहिर गएको उनले जानकारी दिए । सडकका छेउछाउ माटोले पुर्ने कामका लागि सडक विभाग मार्फत खटिने श्रमिकहरु पनि अहिले चारलेन सडक परीयोजनामा गाभिएका छन् । तर, परियोजनाले उनीहरुलाई काम लगाएको अवस्था भने छैन ।

पत्रेखोलाको कच्वेपनि चारलेन सडक परियोजनाको दायित्व भएको भन्दै डिभिजन सडकले काममा विशेष चासो नदेखाएको हो ।
निर्माण कम्पनीको ठेक्कामा कच्वे मर्मतको कुनै हिस्सा समावेश नभएको निर्माण कम्पनीका प्रतिनिधि पदमप्रसाद शर्माले बताए ।

निर्माण कम्पनी र काम लगाउने सडक कार्यालय दुवैको ढिला सुस्तीका कारण पत्रेखोलामा निर्माण सुरु भएको ६ बर्षसम्म पनि पुल निर्माणको काम पुरा हुन सकेको छैन । जसले गर्दा कच्वेपनि भत्केर क्षतविक्षत भएको छ । कच्वेको पश्चिम किनारामा खाल्डो परेको तीन बर्ष भइसकेको छ । तर कच्वे मर्मत सम्भारमा संबन्धित कार्यालयले कुनै चांसो देखाएका छैनन् ।

कच्वे लगायत निर्माणाधिन पुलको वल्लो र पल्लो सडक खण्ड पनि क्षतविक्षत छ । पुल ढलाईका क्रममा खोलाको सवै पानीलाई एकतृत गर्दा वहाव एकै स्थानमा केन्द्रित भएको छ । जसले गर्दा यात्रा जोखिम युक्त बन्न पुगेको छ ।

यो पक्किपुल निर्माणको ठेक्का शंकर माली जेभिले लिएको थियो । बिक्रम संबत २०७३ मा निर्माण सुरु भएको सो पुल संझौता अनुसार दूई बर्षमै निर्माण पुरा भइसक्नु पर्ने थियो ।

करिव साढे ३ करोड रुपंैयामा निर्माण संझौता भएको सो पुलका पिलर उठाइ सकेपछि सडक विभागले पुलको सुपर इस्ट्रक्चर नमिलेको भन्दै पुल निर्माण रोकेको थियो । ‘हामी पुल निर्माणको काम गर्दागर्दै हामीले बनाएको डिजाइनलाई सडक विभागले स्वीकृत गरेन, अनि आफैले डिजाइन बनाएर पनि दिएन, त्यसैले काममा ढिलाइ भयो’, स्थानीय प्रतिनिधि शर्माले भने ।

सडक विभागले ५ महिना अघि मात्र पुलको अन्तिम डिजाइन स्वीकृत गरेर काम सुरु गरेको थियो । सुरु गरेको ४ महिना ढलाईको काम भएको र अहिले वायर तान्ने काम भइरहेको छ ।

तर, भत्केको कच्वे र खोलाको वल्लो पल्लो साइडको मर्मत गर्ने काम सडक विभागको हुने निर्माण कम्पनीले जनाएको छ ।
दूई पिलर उठाएर वेवारीसे बनेको पुल निर्माण प्रक्रिया चार बर्ष सम्मपनि अन्योलमा रहंदासम्म पनि यहांका जनप्रतिनिधि तथा सरोकारवाला निकायहरु मौन बसेका थिए । जव पुल ढलाईको काम सुरु भयो, तव मात्रै पुलका विषयमा विभिन्न टिका टिप्पणिहरु हुन थालेका थिए ।

जानकारका अनुसार हालका सडक डिभिजन प्रमुख शाक्यको विशेष पहलमा मात्र सडक विभागमा पेण्डिङमा रहेको पुलको सुपर स्ट्रक्चर डिजाइन स्वीकृत भएको हो ।

प्रकाशित मिति : २०७८ असार १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *