२०८१ बैशाख ८ गते शनिवार

पूर्व प्रधानमन्त्री खनालाई थप उपचारका लागि दिल्ली लगिदै

काठमाडौं, असार २ । नेकपा एमालेका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई थप उपचारका लागि भारतको नयाँ दिल्ली लैजाने तयारी गरिएको छ।काठमाडौंको नर्भिक अस्पतालमा उपचार गराई रहेका नेता खनाललाई थप उपचारका लागि बुधबार साढे १२ बजे जहाजबाट दिल्लीस्थित एपोलो अस्पतालमा लैजाने तयारी गरिएको उनको सचिवालयले जानकारी दिएको छ।

पूर्व प्रधानमन्त्री खनाललाई ज्वरो रोकिएको छैन । साथै रगतमा हेमोग्लोबिनको मात्र कमी लगायतका समस्या रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । प्लेन मार्फत खनालसंगै एकजना चिकित्सक पनि दिल्ली जान लागेका छन् । साथमा उनकी श्रीमती, छोरा पनि रहने खनालको सचिवालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७८ असार २ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *