२०७७ मङ्सिर १७ गते बुधवार

चोरीमा सङ्लग्न नौ पक्राउ

काठमाडौँ,  पुस ७ । चोरीमा सङ्लग्न रहेको अभियोगमा काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रबाट प्रहरीले नौ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले काठमाडाँैको बनस्थलीबाट आठ जना र ठिमीबाट एक गरी नौ जनालाई पक्राउ गरेको हो । काठमाडौँ महानगरपालिका–१५ बनस्थली बस्ने नुवाकोट बिदुर नगरपालिका–४ का १८ वर्षीय सुनम थापासहित तीन महिला र पाँच पुरुष गरी आठ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

चोरीको घटनामा अनुसन्धानको लागि महानगरीय प्रहरी वृत्त महाराजगञ्जले पक्राउ गरेका अनिल तामाङलाई सोधपुछ गर्ने क्रममा चोरीमा सङ्लग्न रहेको खुल्न आएपछि अन्य व्यक्तिलाई टोखा नगरपालिका–९ सङ्गमटोलबाट गएराति पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट रु ९५ हजार, ब्रासलेट एक थान, मङ्गलसुत्र एक थान, बेरुवा औँठी एक थान, मोबाइल आठ थान, घडी तीन थान र लागुऔषध गाँजा करीब ५०० ग्रामसमेत प्रहरीले बरामद गरेको छ ।

घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भैइरहेको प्रहरीले जनाएको छ । यसैबीच चोरी गरी फरार रहेका एक व्यक्तिलाई आज बिहान प्रहरीले एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले यही पौष ३ गते हिम इलोक्ट्रोनिकमा भएको चोरीमा सङ्लग्न सर्लाही हरिपुर नगरपालिका–१ का २८ वर्षीय नबेन्द्रकुमार सिंहलाई पक्राउ गरेको हो ।

सिंहलाई चोरीमा प्रयोग गरेको बा १९ च ३०८७ नम्बरको गाडी र ३२ इञ्चको सामसुङ् टिभीसहित बागबजारबाट पक्राउ गरिएको हो ।

प्रकाशित मिति : २०७५ पुष ७ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *