२०८१ चैत्र ९ गते शनिवार

काँग्रेस लमजुङका पूर्व सभापति अधिकारीको निधन


पोखरा, जेठ ३१ । नेपाली काँग्रेस लमजुङका पूर्व सभापति तथा पूर्व सांसद एवं ८० बर्षीय हरिभक्त अधिकारीको निधन भएको छ ।
कोरोना संक्रमित अधिकारीको मनमोहन मेमोरियल अस्प्ताल काठमाडौंमा उपचारका क्रममा आइतबार राति निधन भएको हो ।
उच्च रक्तचाप र मधुमेहका बिरामी अधिकारीलाई जेठ २८ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

अधिकारी २०५६ सालको प्रतिनिधि सभा निर्वाचनमा लमजुङ क्षेत्र नं. २ बाट निर्वाचित भएका थिए । उनले त्यतिबेला एमाले उम्मेदवार पृथ्वीसुब्बा गुरुङलाई पराजित गरेका थिए ।लमजुङको दुराडाँडा घर भएका अधिकारी लामो समयदेखि काठमाडौं बस्दै आएका थिए । अधिकारीले शिक्षण पेशा छाडेर नेपाली काँग्रेसको राजनीतिमा लागेका थिए ।

लमजुङबाट २ पटक काँग्रेसबाटै निर्वाचन जितेका पूर्व राज्यमन्त्री रामबहादुर गुरुङलाई अधिकारीले नै अंग्रेजी पढाएका थिए ।
काँग्रेस लमजुङको राजनीतिमा अधिकारी आदर्शवान र त्यागी नेताका रुपमा चिनिने नेता हुन ।

प्रकाशित मिति : २०७८ जेष्ठ ३१ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *