२०८१ चैत्र १३ गते बुधवार

गुरुकुलले प्लस टूमा भर्ना हुने सबै बिद्यार्थीलाई फ्रिमा ल्यापटप दिने


घोराही, जेठ ३१ । दाङको घोराहीस्थित गुरुकुल एकडेमीले यही शैक्षिक सत्रदेखि प्लटु कक्षा सञ्चालन गर्ने भएको छ ।
गुणस्तरीय शिक्षालाई जोड दिदै आएको गुरुकुल एकडेमीले प्रविधिमा आधारित भएर विज्ञान र व्यवस्थापन संकायमा प्लस टू कक्षाहरु सञ्चालन गर्ने जानकारी दिएको छ ।

विद्यालयले आइतवार पत्रकार सम्मेलन गरि प्रविधिमा आधारित भएर शिक्षण सिकाइमा जोड दिने जानकारी दिएको छ ।
भर्ना हुन आउने प्रत्येक विद्यार्थीलाई निशुल्क ल्यापटप उपहार दिने उस्ले जनाएको छ । गुरुकुल प्लसटूका संयोजक निमानन्द गैरेले विद्यालयमा स्र्माट कक्षाको अवधारणा लागु गरिने पत्रकार सम्मेलनमा बताए ।उनले भने ‘ हाम्रा प्रत्येक कक्षाहरुमा स्मार्ट बोर्ड हुनेछन्् जहाँ विद्यार्थीलाई पाठ्य पुस्तकबाट मात्र प्रविधिमा आधारीत रहेर शिक्षण सिकाई गरिनेछ ।’

प्लस टू कक्षाहरुका लागि विद्यालयमा लाइब्रेरी, ई–लाइब्रेरी र अन्तराष्ट्रिय स्तरको प्रयोगशालाको व्यवस्था गरिएको दाबी व्यस्थापन संकायका संयोजक कृष्णदेव थापाले बताए । पत्रकार सम्मेलनमा एसइईमा चार जिपिए ल्याउने विद्यार्थीलाई छात्रवृति प्रदान गरि निशुल्क अध्यन गर्ने अवसर प्रदान गर्ने भएको छ ।

कार्यक्रममा प्रेस काउन्सिलका सदस्य शरद अधिकारीले गुरुकुल एकेडेमीले जिल्लाको शिक्षा क्षेत्रमा नविनतम प्रयोग गरेको र भबिस्यमा पनि त्यो प्रयास जारी राख्न आग्रह गरे ।कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका नवनिर्वाचित पदाधिकारी दुर्गालाल केसी र उपाध्यक्ष सन्तोष सुवेदी र प्रेस काउन्सिलका सदस्य शरद अधिकारीलाई स्वागत एवं सम्मान गरिएको थियो ।

कार्यक्रम विद्यालयका प्लस टू संयोजक निमान्द गैरेको अध्यक्षतामा भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य प्लस टूका विज्ञान संकायका संयोजक अजय शाहले गरेका थिए भने सहजीकरण शिक्षक विवेक देवकोटाले गरेका हुन ।

प्रकाशित मिति : २०७८ जेष्ठ ३१ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *