२०८१ चैत्र ९ गते शनिवार

बिप्लव निटक अखिल (क्रान्तिकारी)को माग – शिक्षक बिद्यार्थीलाई अनिवार्य खोपको ब्यबस्था गर

सरकारी कर्मचारी,शिक्षक तथा जनप्रतिनिधिका सञ्तान सामुदायिक विद्यालयमा पढाउनु पर्ने माग

तुलसीपुर, जेठ ३१ । बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल (क्रान्तिकारी) जिल्ला समिति दाङले विभिन्न मागहरु राख्दै शैक्षिक इकाईहरुमा ज्ञापन पत्र बुझाएको छ । उस्ले आइतबार जिल्ला शिक्षा समन्वय इकाइ र जिल्ला १० पालिका मातहतमा रहेको शिक्षा युवा तथा खेलकुद बिभागका प्रमुखहरुलाई बिबिध मागहरु राख्दै ज्ञापनपत्र बुझाइएको हो ।

अखिल(क्रान्तिकारी) दाङका अध्यक्ष अमर खड्काले कोभिड – १९ को खोप विद्यार्थी र शिक्षकलाई पहिलो प्राथमिकतामा राखेर लगाउनु पर्ने माग गरेका छन् ।त्यस्तै खोप लगाइ सकेपछि भौतिक रुपमा पठनपाठन सुरु गर्नुपर्ने, कोभिड–१९ को संक्रमणबाट ज्यान गुमाउने शिक्षक विद्यार्थी घरपरिवारलाई राहतको ब्यबस्था र संक्रमण भएका शिक्षक विद्यार्थीको निशुल्क उपचार गर्नु पर्ने माग गरिएको छ ।

त्यसैगरी जारी लकडाउनलाई मध्यनजर गर्दै शैक्षिक सत्रको सुरुमै विद्यार्थीले पाठ्यपुस्तक पाउने ब्यबस्थाको पूर्ण ग्यारेन्टी गर्नुपर्ने, मनोमानी ढंगले अनावश्यक शिर्षकमा संस्थागत तथा सामुदायिक बिधालयहरुले अभिभावक विद्यार्थीको ढाड सेक्ने गरि लिएको शुल्क फिर्ता गर्नु पर्ने,शिक्षक कर्मचारीलाई पारिश्रमिक नदिने विद्यालयको छानबिन गरि कारबाही गर्नु पर्ने, अनुमती नलिई संचालित र न्यूनतम मापदण्ड नपुगेका नीजि शैक्षिक सस्थालाई कारबाहीको दायरामा ल्याउनु पर्ने माग ज्ञापन पत्रमा गरिएको जिल्ला अध्यक्ष खड्काले बताए ।

त्यस्तै सरकारी कर्मचारी,शिक्षक तथा वहालवाला वा पूर्व सांसद मन्त्री,जनप्रतिनिधि र अन्य सरकारी कर्मचारीका छोराछोरीलाई अनिवार्य सामुदायिक विद्यालयमा पढ्नु पर्ने बाध्यात्मक ब्यबस्था यहि शैक्षिक सत्र बाट लागू गर्नु पर्ने मागपनि गरिएको जिल्ला अध्यक्ष खड्काले जानकारी दिए ।

राज्यद्वारा घोषणा भएको बैकल्पिक शिक्षण पद्धति (अनलाइन सिकाइ कक्षा) मा भएका बिकृतिको नियन्त्रण गरि विद्यार्थीको पहुँचमा पु¥याउन प्राबिधिक सामाग्रीको उचित र निशुल्क ब्यबस्था गर्नु पर्ने लगाएतका १८ बुँदे मागहरु ग्रिएको छ ।

प्रकाशित मिति : २०७८ जेष्ठ ३१ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *